ग्रीनलाईफ हाइड्रोपावरले १७ लाख कित्ता साधारण शेयर बिक्री गर्दै कहाँ कहाँबाट पाइन्छ शेयर भर्न

५ बर्ष अगाडि

काठमाडौँ – ग्रीनलाईफ हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका लागि १८ लाख कित्ता प्राथमिक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले यही माघ २२ गतेदेखि आगामी फागुन ७ गतेसम्म शेयर बिक्री गर्नेछ ।

यदि पहिलो चरणमा बिक्री नभएमा आगामी फागुन २७ गतेसम्म निष्काशन गर्ने जनाएको छ।

प्रभावित क्षेत्रका बासिन्दाले तीन वर्षसम्म शेयर बिक्री गर्न पाउने छैनन्। आइपिओ आवेदनको लागि हाइड्रोपावरको आयोजना स्थल, सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालयहरु सिंगटी, चरिकोट, जिरी, बैतेश्वर शाखाबाट पाइने छ । न्युनतम २० कित्ता र अधिकतम ९ हजार कित्तासम्मको लागि आवदेन दिन पाइनेछ।

कम्पनीले दोलखामा ४० मेगावाट क्षमता खानिखोला एक जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यसै वर्षको चैतदेखि आयोजना सञ्चालनमा आउने छ । आयोजनाको कुल लागत रु ६ अर्ब ३९ करोड लाग्ने अनुमान गरिएको छ ।

केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार औषत आधार जनाउने ’केयर रेटिङ आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया