जलविद्युत्को नाममा बालुवा तस्करी

५ बर्ष अगाडि


उता रामेछापमा कालो धन थुपारेर जलविद्युत्मा लगानी गर्दै आएका इपानका पूर्व अध्यक्ष समेत डा सुर्वण दास श्रेष्ठले जलविद्युत्को नाममा ढुंगा गिटीको कारोवार गर्न थालेपछि स्थानीयले पाता कस्ने तयारी गरेका छन् । गैरआवासियको लगानी भन्दै उनले विभिन्न जिल्लामा आयोजना बनाइरहेका छन् । तर त्यसको स्रोत के हो भन्ने बारेमा उनले कुनै जानकारी दिने गरेका छैनन् । श्वेतगंगा हाइड्रो पावरको नाममा जलविद्युत् आयोजना बनाउन लागेका श्रेष्ठले आयोजनाको नाममा रातभरी ढुंगा गिटीको कारोवार गर्ने गरेका छन् । 

लिखु तामाकोशी गाँउपालिकामा २८ मेगावाट क्षमताको आयोजना बनाइरहेका श्रेष्ठले स्थानीय सरकारसँग ढुंगा गिटीको प्रयोग सम्बन्धी स्वीकृति समेत लिएका छैनन् । उनले पुलिस लगाएर स्थानीयलाई ठिक गर्ने धम्की दिँदै हिडेडका छन् । जसका कारण स्थानीयबासी आक्रोशित भएका छन् । उनीहरुले स्वीकृति नलिए आयोजनाको काम अगाडि बढ्न नदिने चेतावनी दिएका छन् । आयोजनाले गाउँपालिकाको स्वीकृति नलिइ क्रसर सञ्चालन गरिरहेको र उक्त क्रसरलाई गाउँपालिकाका दायराभित्र ल्याउन पत्राचार गर्दा आयोजनाले उल्टै दादागिरी देखाएको स्थानीयको भनाइ छ । 

राज्यबाट स्वीकृति दिएका छौं भन्दै आयोजनाका सञ्चालकहरुले हाम्रो पत्रको जवाफ पनि दिएनन,’ गाँउपालिका अध्यक्ष गोविन्द खड्काले भने ‘स्थानीय तह पनि राज्य हो । स्थानीय स्रोत र साधनको उपयोग र सञ्चालमा हाम्रो पनि अधिकार छ ।’ जलविद्युत क्षेत्रका माफियाहरु आफ्नो राजनीतिक करियर सिध्याउन लागेको भन्दै सबैलाई सचेत रहन उनले आग्रह समेत गरेका छन् । गाँउपालिकाको स्वीकृति नलिएको र बालुवाको कारोवार गरेको भन्दै स्थानीयले सो आयोजनाका लगानीकर्तालाई ठेगान लगाइदिने बताउँदै आएका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया