(Friday, 26 April, 2019)
By: आजको अर्थ
माघ १७, २०७५

नगिन्द्र शाही,नेशनल,
युवा नेता, नेपाल कम्युनिस्ट पार्टी ,नेकपा,

संघिय लोकतान्त्रिक गणतन्त्रात्क शासन ब्यवस्था बमोजिम, हाल नेपालमा संघ,प्रदेश र स्थानिय संरचनाहरु मार्फत देश विकासको अभ्यास भइराखेका छ । यो नेपालको सन्र्दभमा नयाँ शासन ब्यवस्था हो । स्वभावै पुरानो नयाँमा रुपान्त्ररण हुदा केही अप्ठेरा र चुनौतिहरुको सामना र्गनैं पर्ने हुन्छ ।

यतिबेला  नेपालमा संघिय ब्यवस्था पहिलो पटक कार्यन्वयनको शुरुवाति चरणमा छ । हामीसंग एकथान नेपालको संविधान बाहेक अरु चाहिने ऐन,कानुन र निमावलीहरु नेपालको संविधानले ब्यवस्था गरेबमोजि निमार्ण गरी जनताको जनचाहनाको सम्वोधन र्गनु पर्ने बाध्यता तिनै तहका सरकारलाई छ । यसैमापनि सबै प्रदेश र स्थानिय तहको विकासको अबस्था एक समान छैन । 

कर्णाली प्रदेश वाहेक अरु प्रदेशमा विगतका सरकारहरुको पालामा बनेका केही विकासका पूर्वाधारहरु छन । ति प्रदेशहरुमा जे जस्तो भएपनि लिग बनेको छ । ति प्रदेशहरुले टालटुल र्गदै विकासको गति बढाउनु पर्ने देखिन्छ । तर कर्णाली प्रदेश संघिय ब्यवस्था भित्र कमविकास भएको नमुना प्रदेश हो । जुन प्रदेशमा सबै विकासका पूर्वाधारको अपुग मात्र होइनन् कहाली लाग्दो अवस्था छ । भूगोलमा सबै प्रेदेशहरुमा ठुलो जनसंख्यामा सबै प्रदेश भन्दा थोरै रहेको कर्णाली प्रदेशको विकास लिगमा ल्याउन चुनौति भएपनि असम्भव भने छैन ।

माथि नहुन्जेल तल हुदैन,तल नहुन्जेल माथि हुन सक्दैन । सजिलो नभई असजिलो हुन सक्दैन,असजिलो नभई सजिलो हुन सक्दैन । सबै वस्तुहरुको विकासको प्रक्रिया  मानिसहरुको जम्मै चिन्तनमा रहन्छन् र यस नियमको कुनै अपवाद हुदैन । यदि नेतृत्व अक्कड छैन भने विकास र सम्मृद्धिका निम्ति भूगोल विकट हुदा केही फरक र्पदैन । 

स्पष्ट दृष्टिकोण
कर्णाली प्रदेश जल,जमिन,जडिबुटी र प्रयाप्त जंगल सहित उर्जावान युवा शक्ति भएको प्रदेश हो । प्रदेशमा रहेका प्राकृतिक स्रोत साधनको उचित परिचालन गर्ने निति प्रदेशले लिने हो भने त्यसवाट तत्काल  फाइदा प्रदेशले मात्र होइन देशले लिन सक्छ ।

उदारणकानिम्ति यदि प्रदेश सरकारले भू उपयोगको निति बनाउने हो र खाली र बन्झर जमिनलाइ तापक्रम अनुसार सुहाउदा र मेल खाने फल फुल तथा जडीबुटी उत्पादनका लागी स्वदेशी तथा विदेशी ब्यवसायिलाई लिजमा लिन सक्ने ब्यवस्था सर्वसुलभ गर्ने हो भने केही महिनाको अवधिमै यो प्रदेश आकर्षण केन्द्र विन्दु बन्न सक्छ । त्यस्तै प्रदेशमा रहेका कर्णाली,भेरी,सानो भेरी,तिला कर्णाली लगायत अन्य दर्जन ठुला खोलाहरु विद्युत उत्पादनकानिम्ति मात्र नभइ ति र्पयटकालागि तत्काल उपयोग गर्न सकिन्छन् ।

विगत देखी वर्तमान सम्मको समयलाई हेर्दा धेरै सडक,बत्ति,कृषि,खानेपानि लगायतका क्षेत्रको विकासकालागि धेरै योजना कापीमा बनेका छन् र अहिलेपनि बनिराखेकै छन् । कुरा योजनाको होइन कुरा योजना तत्काल कार्यन्वयन गरी ति योजनाले स्थानिय जनतालाई रोजगारी दिलाउने हो । प्रदेशमा कति बाटो,कति पुल र कति विद्यालय बने भन्ने कुरा मात्रै होइन ति योजना निमार्ण हुदा कति युवाहरु विदेश जान रोकिए भन्ने विषयपनि महत्पुर्ण छ । त्यतिकै महत्पुर्ण स्थानिय जनताले कामगरी कमाएको पैसा घर खर्च र बाँकी बचेको पैसा कुन क्षेत्रमा प्रयोग भयो त्यसकोपनि हेक्का राख्न जरुरी छ । जनप्रतिनिधिहरुले नितिको नेतृत्व संगसंगै जनताको दैनिक वर,ब्यवहारको निगरानि समेत गर्न सक्नु पर्दछ । 

 पछिलो समयमा सेवा क्षेत्रमा विकास तिब्र गतिमा हुदै गइरहेको छ तर उत्पादन क्षेत्रको विकासमा जन प्रतिनिधिको ध्यान केन्द्रित हुन सकेको छैन । के कुरा बुझ्न जरुरी छ भने सेवा क्षेत्रको विस्तार संगसंगै उत्पादन क्षेत्रको वृद्धिले मात्र दिगो र जनमुखि विकासको कल्पना गर्न सकिन्छ । अहिले स्थानिय तहमा गएका बैंकहरु उत्पादनको क्षेत्रमा लगानी गर्न हिच्चकिरहेका छन् । त्यसैले स्थानिय तहका युवाहरुलाई विभिन्न साना ठुला उत्पादनमा जोडिन युवा प्रोत्साहन कार्यक्रम ल्याउने र त्यसमा बैंकहरुले लगानि गर्ने वातावरण प्रदेश र स्थानिय सरकारले गर्न पर्छ ।

नेपालको संघिय संविधानले ब्यवस्था गरे अनुसार सरकारी,सहकारी र निजि तिन खम्बे अर्थ नितिको परिधिमा रही स्थानिय स्रोत साधन परिचालनमा  दृढता सहित नेतृत्वमा स्पष्ट दृष्टिकोण हुन जरुरी छ । स्थानिय तहको विकास र सम्मृद्धिका निम्ति सबै जन प्रतिनिधिहरुले सर्व प्रथम केन्द्रकृत मानसिकता त्याग्न आवश्यक छ । अहिलेपनि स्थानिय तहले प्रदेश र प्रदेशले केन्द्र देखाएर दोषमुक्त हुने र जिम्मेवारीवाट विमुख हुन खोज्नु, जनप्रतिनिधिहरुको आम संस्कार बनेको छ । वर्तमान परिवेश र जनताको तत्कालको परिस्थिती बुझ्दै नेतृत्वले सर्मग्र विकासका निम्ति स्वयमको बुझाइमा स्पष्टता ल्याउनैं पर्छ ।  
जबाफदेही संयन्त्र

प्रदेशको सम्रर्ग कामलाई ब्यवस्थित गर्न र जनतालाई दैनिक सेवा प्रवाह गर्न बनेका सबै सरकारी तथा अन्य संयन्त्रहरुको वस्तुनिष्ठ परिचालनले मात्र जनतामा शुशासनको प्रत्याभुत गराउछ । जनताको दैनिक जीवनलाई सहज र सरल कसरी बनाउन सकिन्छ भन्ने कुराको ब्यवहारीक चिन्तन नै प्रदेश तहमा निमार्ण भएका सबै संयन्त्रहरुको प्रमुख उदेश्यले बन्न सक्नु पर्छ ।

हामीले के कुरा बुझ्न जरुरी छ ,देशको उपरी संरचनाको परिवर्त राजनीतिक क्रान्तिले ल्याउँछ , त्यसैगरी जनताको आधारभुत आवश्यक्ताको परिपुर्ति सरकारको निति कार्यन्वयनले ल्याँउछ । त्यसैले तत्काल जनताका न्युतम् आबश्यक्ता सम्बोधनकालागी निमार्ण भएका र गरीएका सबै संयन्त्रको परिणाम मुखी परिचालन  गर्न सक्नु नै नेतृत्वको कौशलता हो । विगतमापनि जनताको विकास गर्ने नाममा धेरै सरकारी तहबाट निति बनेका थिए । ति निति कार्यन्वयनका खातिर धेरै आयोग,नियोग र समितिहरुपनि बने तर ति सबै कागजमा मात्र सिमित रहेको इतिहास ताजै छ । 

विगतवाट पाठ सिक्दै संघियताको मर्म र भावना अनुसार नेतृत्वले प्रथमतह आफ्नो सोच संघिय मनोविज्ञामा रुपान्त्ररण गर्न जरुरी छ । प्रदेशको विकास निमार्णका खातिर धेरै संरचनाहरु निमार्ण हुने तर ति संरचनाहरुलाई नेतृत्व दिने ब्यक्तिहरुमा संघियताको मर्म र भावना अनुसार काम गर्ने तत्परता नहुने हो भने विगतको जिल्ला विकास र स्वायत शाशस ऐन २०५५ अन्र्तगको विकेन्द्रिकरण निति जस्तो नितिमा मात्र सिमित रहने खतरा रहन्छ । त्यसैले प्रदेश र स्थानिय तहमा निमार्ण हुने सबै संयन्त्रहरुको ब्यवस्थापन र जबाफदेहीपुर्ण जनताको काममा परिचालनकानिम्ति सुचबुझ सहितको सक्रिय मानवस्रोतको ब्यवस्थापनपनि त्यतिकै महत्पुर्ण छ । 

अबको बाटो
अहिले देशमा शाशन ब्यवस्था मात्र परिबर्तन भएको छैन,ब्यवस्था संगै आम नागरीकका इच्छा,चाहना र दैनिक आवश्यक्ताहरुमापनि ब्यापक परिर्वन आएको छ । विगतमा नेपाली समाजलाई गरिने परिभाषामा अहिले फेरी बहस गर्न जरुरी भएको छ । केही बर्ष अगाडी गाउँका धनि भनेका बर्षभरी खाना पुग्ने र चाड पर्वमा कपडालाउन सक्नेलाई धनि भनिन्थ्यो भने खानाका लागी बर्षको नौं महिना रिन सापटगरी खाने र कपडा लाउनका लागी भारतमा मजदुरी गरी चाँजोपाँजो गर्नेलाई गाँउमा गरीव भनिन्थ्यो ।

त्यस्तै शिक्षाको क्षेत्रमा साक्षर हुने र एस.एल.सि पास हुने कुरा समाजको गौरवको विषय हुन्थ्यो र  घडी,रेडियो,क्यालकुलेटर र ल्याण्डलाइन टेलिफोन नै केही बर्षअघिका कर्णाली प्रदेशका प्रमुख प्रविधिहरु थिए भने रोजगारीको आकर्षण स्थान भारत थियो । तर अहिले जनताका आबश्यक्ताहरुमा आकाश जमिनकै दुरीमा फेरबदल भएका छन् । अहिलेको गरीबी राम्रो घर नहुन,शहरमा घडेरी नहुनु,सबैको हाथमा मोवाइल सेट नहुनु र  युवाहरुलाई मोटरबाइक नहुनु हो । त्यस्तै शिक्षामा स्नातक र स्नाकोत्तर नहुनु हो भने रोजगारीका निम्ति तेस्रो मुलुक नजानु हो । 

वास्तवमा कर्णाली प्रदेशको भुगोल भौगोलिक रुपमा जटिल छ । फाट कम पहाड र हिममाल धेरै भएको प्रदेश हो । जस्तो अप्ठेरो भुगोलमा मान्छेको बसाई भएपनि मान्छेका चाहना र उन्नत जीवन यापन गर्ने नै हुन्छन् । उन्नत जीवन यापन गर्नकानिम्ति आज कर्णालीका जनताको निम्ति तराइतिरको बसाई सराई पहिलो प्राथमिकता बनेको छ र यो कर्णाली प्रदेशका जनताको आम मनोविज्ञान हो । समयको परिर्वनले शिक्षा,स्वास्थ्य,र प्रविधि मानवजातिका निम्ति आबश्यक मात्र नभई अर्निवाय भएको छ । यिनै कुरा प्राप्तीका खातीर मान्छे थात,वास छोड्न तयार भएको छ र अवसरको खोजिमा भौतारिदै छ । यो कर्णाली प्रदेशको पहलो समस्या हो यसलाई कर्णाली प्रदेश सरकारले समयमै ब्यवस्थापन गर्न सक्नु पर्दछ ।

 विगतकको समिक्षा भविष्यकको सुन्दर सपना संगै जनताको वर्तमानलाई कसरी उज्याले बनाउने भन्नेमा प्रदेश सरककारको ध्यान केन्द्रित हुन जरुरी छ । त्यस्तै स्थानिय तहहरुले जनताका दैनिक आबश्यक्ताहरुको न्यायोचित सम्बोधन गर्ने र बजेटलाई प्रादर्शित र उत्पादन क्षेत्रमा लगानि गर्नेतिर जोडदिन सक्नु र्पछ । संघले अहिले विनियोजन गरेको अनुदानले मात्र कर्णालीका जनताको सम्मृद्धिको सपना साहाकार हुने देखिदैन ।

जनताकका आबश्यताहरुको लिस्ट यथास्रिघ फ्रच्यौंट गर्ने बाटो रारा ताल,पचाल झर्ना, कर्णालीमा र्याफटिग र खाली जग्गामा जडिबुटी उत्पादन नै बन्न सक्छन् । त्यस्तै हिल्सा रोड र फुकोट विद्युत उत्पादन आयोजनालाई राष्टिय गौरवको आयोजनामा रुपान्त्रण गरी काम संचालनमा ल्याउने हो भने हजारौं जनताले रोजगारी पाउने छन्  र प्रत्येक दिन सम्मृद्धि आएको महशुस गर्ने छन ।



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत