यी १० बुँदेको आधारमा हुने भए दुई राप्रपा एक (१० बुँदेसहित)

५ बर्ष अगाडि

काठमाडौं–पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच पार्टी एकतासम्बन्धी आधारपत्रमा हस्ताक्षर भएको छ । 
राप्रपा प्रजातान्त्रिकको पार्टी कार्यालय चावहिलमा बिहीबार दिउँसो राणा र लोहनीले पार्टी एकतासम्बन्धी आधारपत्रमा हस्ताक्षर गरेका हुन् । दुई पार्टीबीच शुक्रबार औपचारिक रुपमा पार्टी एकता घोषणा हुँदैछ । 

दुई पार्टीबीच एकता भएपछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) रहनेछ भने पार्टीको चुनाव चिन्ह हलो हुनेछ । 
यस्तै राष्ट्रियता, प्रजातन्त्र र उदारवाद एकीकृत पार्टीको वैचारिक आधार हुनेछ । यस्तै पार्टीको मुख्य नीति र सिद्दान्त पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनेछ । यस्तै राजसंस्थासहितको प्रजातन्त्र, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति पनि पार्टीको नीति र सिद्दान्त हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया