धितोपत्र बोर्डको बदमासी, कमजोर कम्पनीलाई धमाधम आइपिओ बिक्रीको अनुमति, बोल्दैनन् कोही

५ बर्ष अगाडि

काठमाडौं – कम्पनीहरुको वित्तीय विवरणको बारेमा विश्लेषण गर्ने इक्रा नेपालले पछिल्लो दिनमा धमाधम उनीहरुको अवस्था आम नागरिक र उपभोक्ता तथा लगानीकर्तालाई जानकारी गराइरहेको छ ।

कुन कुन कम्पनीलाई दिइयो अनुमति
स्यामलिङ पावर कम्पनीलाई इक्रा नेपालले वित्तीइ अवस्था कमजोर रहेको भन्दै ग्रेड ४ दिएको छ ।

यस्तै इस्टर्न हाइड्रो पावर कम्पनीलाई पनि इक्राले वित्तीय रुपमा कमजोर रहेको भन्दै ग्रेड ५ दिएको छ ।

यस्तै चिरुखा खोला हाइड्रो पावरले एलबी रेटिङ पाएको छ ।

माया खोला हाइड्रो पावर कम्पनलिे पनि वित्तीय अवस्था कमजोर भएको भन्दै एलबिबि पाएको छ ।

भैरवकुण्ड हाइड्रो पावर कम्पनीले इक्रा नेपालको रेटिङमा वित्तीय रुपमा कजमोर रहेको भन्दै ग्रेड ५ पाएको छ ।

यस्तै युनिक हाइडेल प्रालिले पनि वित्तीय रुपमा कमजोर रहेको भन्दै ग्रेड ५ पाएको छ ।

रुरु जलविद्युत् परियोजना लिमिटेडले पनि वित्तीय रुपमा कमजोर रहेको भन्दै ग्रेड ४ पाएको छ ।

शुभ्म पावर लिमिटेडको पनि वित्तीय अवस्था कमजोर रहेको भन्दै ग्रेड ५ पाएको छ ।

यस्तै घलेम्दी हाइड्रो पावरले पनि वित्तीय अवस्था कमजोर रहेको भन्दै इक्रा नेपालले ग्रेड ५ दिएको छ ।

यी केही पछिल्ला उदाहरण हुन । सर्वसाधारणका लागि सेयर बिक्री गर्ने तयारी गरेका र सेयर समेत बिक्री गरिसकेका कम्पनीको वित्तीय अवस्था कस्तो छ भनेर गरिएको विश्लेषण हो यो । तर नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ भएका कम्पनीलाई पनि सर्वसधारणलाई साधारण सेयर बिक्रीको लागि अनुमति दिएको छ ।

केही समय पहिले कमजोर रेटिङ भएका कम्पनीलाई साधारण सेयर बिक्री गर्न स्वीकृति नदिने भनेर घोषणा गरेको बोर्डले धमाधम सेयर बिक्रीको अनुमति दिइरहेको छ ।

विशेष गरी बोर्डले साधारण सेयर बिक्रीको अनुमति दिएका अधिकाशं कम्पनीको पे ब्याक पिरियड न्यूनतम ८ वर्ष र अधिकतम १० वर्ष भन्दा कम कुनै पनि कम्पनीको रहेको छैन ।

कमजोर कम्पनीको सेयरमा लगानी गर्नु भनेको लगानीकर्ता सोझै डुब्नु हो । यो तथ्य जान्दा जान्दै पनि बोर्डले धमाधम साधारण सेयर बिक्रीको अनुमति दिएको छ ।

बजार शास्त्रले पनि नापाm हुने कम्पनीमा मात्रै लगानी गर्न सल्लाह दिन्छ । तर बोर्डले बजार शास्त्रको सामान्य सिद्धान्त्लाई समेत अवलम्बन नगरी साधारण सेयर बिक्रीको अनुमति दिएको छ ।

विशेष गरी पछिल्लो दिनमा सेयर बजारमा जलविद्युत् कम्पनीको अवस्था एकदमै खराब हुन पुगेको छ । धेरै सेयर भएको भनिएको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको समेत सेयरले केही दिन बजारमा तामझाम गरेपनि अन्ततः सो कम्पनी पनि त्यत्तिकै सेलाएको छ ।

पछिल्लो दिनमा साधारण सेयर बिक्री गरेको जोशी हाइड्रो पावर, घलेम्दी हाइड्रो पावर, कालिका हाइड्रो पावर लगायत अधिकाशं कम्पनीको वित्तिय अवस्था कमजोर र खराब रहेको छ । वित्तीय अवस्था कमजोर छ भन्ने जाँदा जाँदै पनि लगानीकर्ता डुब्छन् भन्ने मान्दा मान्दै पनि बोर्डले स्वीकृति दिएको छ ।

जुन बजारशास्त्र र विधिशास्त्रको समेत खिलाफमा देखिएको छ । तर बोर्डका अधिकारी भने कमजोर कम्पनीले पनि कागजात पुर्याएका कारण स्वीकृति दिएको भन्दै चुपचाप बसीरहेको छ । उस बारेमा सेयरलगानीकर्ता र सरोकारवालाले समेत ध्यान दिएका छैनन् । उनीहरुले सिमित स्वार्थका लागि मात्रै आन्दोलन गरेको गुनासो पनि उठेको छ । तर बोर्ड भने कमजोर कम्पनीलाई साधारण सेयर बिक्रीको अनुमति नदिने दावी पनि गर्छ तर काम भने उल्टो गर्दै आएको छ । जसबाट सामान्य र थोरै लगानी गर्नेहरु सबैभन्दा बढी मर्कामा परेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया