धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै बैंक, शेयरधनीलाई छैन नाफा, तरलता हुने संकेत

५ बर्ष अगाडि

काठमाडौं – बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । धेरै जसो बैंकले नाफा राम्रै कमाएको पनि उल्लेख गरेका छन् । उनीहरुले सार्वजनिक गरेको विवरणमा पनि त्यही देखिन्छ । आज मात्रै एनएमबी बैंकले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको विवरण सार्वजनिक गर्यो ।

अब केही बैंकका मात्रै वित्तीय विवरण प्रकाशमा आउन बाँकी रहेको छ । ती बैंकले पनि केही दिन भित्रै विवरण सार्वजनिक गर्लान् । तर आर्थिक वर्ष सकिएको ६ महिना पूरा हुन लाग्दा समेत केही  बैंकले अझैसम्म पनि वार्षिक साधारणसभाको मिति समेत तोकेका छैनन् ।

सेञ्चुरी कर्मसियल बैंक, एनसिसि बैंकले साधारणसभाको मिति समेत तय गरेका छ्रैनन् । यस्तै लक्ष्मी बैंकले भने वार्षिक साधारणसभाको समय तोकेको छ । 

बैंक तथा वित्तीय संस्थाले विवरण सार्वजनिक गर्दै नाफाको हिसाब बताइरहेको बेला उनीहरुमा भने तरलताको अभावको अवस्था फेरी पनि देखिएको छ । व्याजदरमा पनि गरिएको भनिएको भद्र सहमति तोडिएको छ ।

सनराइज बैंकले भद्र सहमति तोडेको भन्दै केही बैंकले आपत्ति जनाएपनि नेपाल राष्ट्र बैंकले छलफल समेत गरेको छ । तर पछिल्लो समय नापाm बढाएको विवरण सार्वजनिक भइरहँँदा केही बैंकले भने लगानीकर्तालाई मागेजति ऋण दिन सक्ने अवस्था भने नरहेको पाइएको छ ।

शेयरलगानीकर्तालाई समेत बैंकहरुले यस पटक नगद लाभांशमा नै जोड दिए । उनीहरले बोनस सेयरको विषयलाई त्यीत्त धेरै वास्ता भने गर्ेनन् ।

विगत तीन वर्ष पहिले पो नेपाल राष्ट्र बैंकले भने अनुसार रु ८ अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यतामा बैंक थिए । अहिले आएर हेर्दा अधिकाशं बैंकले चुक्ता पूँजी पुर्याएका छन् । जसका कारण पनि शेयरधनीलाई नगद मात्रै देखाएर बोनस सेयर नदिन उनीहरु लागेका हुन् ।

अधिकांश बाणिज्य बैंकले मुनाफावापत लगानीकर्तालाई बोनश  सेयर बाँडेका थिए । बोनसबाट मात्रै पुँजी पुर्‍याउन नसक्नेले हकप्रद तथा थप सेयर निष्कासन समेत गरेका थिए ।

तोकेको पुँजी पुगेपछि भने धेरैजसो बाणिज्य बैंकको प्राथमिकता नगद लाभांशमा मात्रै केन्द्रीत भएको छ ।  स्टाण्डर्ड चार्टड, लक्ष्मी, नेपाल एसबिआई, एनआइसी एशिया र प्रभु बैंकले नगद लाभांशलाई मात्रै प्राथमिकता दिएको उनीहरुकै विवरणबाट पनि प्रष्ट हुन जान्छ । उनीहरुले शेयरधनीलाई बोनस सेयर दिने तर्फ यस पटक चासो देखाएनन् ।  बाँकी रहेका अन्य बैंकले पनि नगदमै बढी प्राथमिकता दिए ।

बैंकहरुले नगद लाभांशलाई त प्राथमिकता दिएका तर त्यसको प्रभाव बजारमा देखिएको छ । बैंकले ऋणको व्याज बढाएको भन्दै उद्योगी तथा व्यवसायी आन्दोलनमा लागेका छन् । पूर्वको विारटनगरबाट सुरु भएको आन्दोलन देशव्यापी बनाउने योजनामा उद्योगी लागेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले सो बारेमा आधिकारीक रुपमा केही नबताएपनि आन्दोलनको विषयमा उनीहरु समेत सकारात्मक देखिएका छन् ।

 तर यहीबेला वित्तिय क्षेत्रमा तरलता अभाव देखिएको छ । त्यसैले अहिलेको अवस्थामा नगद लाभांश मात्रै दिँदा तरलता अभावलाई झनै बल्झिन सक्ने देखिएको जानकारहरुको भनाइ छ । नगद लाभांशमा संस्थापकहरुको चासो भए पनि साना लगानीकर्ता भने बोनस सेयर नै लाभदायक हुन जान्छ । किनकी सेयरले थप कमाउने अवसर प्रदान गर्दछ । तर नगद लाभांश भने सिमित हुने भएकाले पनि त्यसले कुनै अर्थ राख्ख्दैन ।

कूल २८ वटा बाणिज्य बैंक मध्ये  बोनस घोषणा गर्नेमा  २३ वटा नगद लाभांशमै केन्द्रित देखिएका छन् । तर यसबाट हुनसक्ने तरलता अभावको सम्भावित जोखिमप्रति भने राष्ट्र बैंक चनाखो हुन आवश्यक देखिएको छ । तर राष्ट्र बैंकले सो बारेमा केही बताएको छैन । राष्ट्र बैंकले तरलताको समस्या समाधान गर्न रिपो , टे«जरी बिल जस्ता आर्थिक उपरकण प्रयोग गरिरहेको छ । तर बैंकको व्याजदर बढी भएका कारण रिपो समेत बिक्री हुन सकेको छैन । तीन पटक गरेर राष्ट्र बैंकले रु ५  अर्ब ५० करोड बराबरको रिपो बिक्री गरेको छ ।  

बैंकहरुले नाफा कमाउ भनेर विवरण सार्वजनिक गरिहँदा त्यसको लाभ आम शेयरधनी र लगानीकर्ताले पनि पाउनुपर्छ भन्नेमा ध्यान दिनु जरुरी भइसकेको छ । त्यसमा ध्यान नदिने हो भने लगानीकर्तालाई त्यसले कुने पनि फाइदा गर्दैन ।  

५ बर्ष अगाडि

प्रतिक्रिया