१९ निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषमा १६ अर्ब ४२ करोड बढि

सोमबार, ०९ जेठ २०७९, ०७ : ४३

काठमाडौं - चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वित्तीय विवरण सार्वजनिक गरेका १९ निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषमा १६ अर्ब ४२ करोड ५७ लाख ९५ हजार रुपैयाँ रहेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुको बीमा कोषमा १३ अर्ब ९१ करोड ७३ लाख १६ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको बीमा कोषमा १८.०२ प्रतिशतले रकम बृद्धि भएको हो ।

यस अवधिसम्ममा वित्तीय विवरण सार्वजनिक गरेका १९ कम्पनीमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको बीमा कोष बलियो देखिएको छ । यस अवधिसम्ममा कम्पनीको बीमा कोषमा २ अर्ब ६० करोड १५ लाख २४ हजार रुपैयाँ रहेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब ३८ करोड ५० लाख २२ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष ९.८ प्रतिशतले बढी हो ।

सोमबार, ०९ जेठ २०७९, ०७ : ४३

प्रतिक्रिया