हरेक दुई दिनमा १० करोड मानिसलाई कोभिड परीक्षण गर्ने,७८ प्रतिशत ज्वरोका विरामी निको

१ बर्ष अगाडि

चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ । चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो ।चीनले आफ्नो शून्य–कोविड नीतिलाई निरन्तरता दिएको छ । धेरै शहरहरूमा कडा तालाबन्दी र आवागमन प्रतिबन्धलगाएर कोरोना भाइरस सङ्क्रमणलाई रोक लगाएको छ । 

हेनानको प्रान्तीय राजधानी झेङझाउमा मेको अन्त्य भन्दाअघि नै परीक्षण सुरु हुने अधिकारीहरुले जनाएका छन् । हरेक दुई दिनमा कोभिड परीक्षण गर्ने नितीले सम्भावित जोखिमहरु चाँडै पहिचान गर्न मद्दत गर्ने छ ।कोभिडविरुद्धका नियम पालना नगर्ने बासिन्दाहरूलाई सार्वजनिक स्थानहरूमा प्रवेश गर्न वा यातायात सेवा लिन  आवश्यक कोडहरू स्क्यान गर्न समस्या हुने समाचारमा जनाइएको छ ।

उत्तर कोरियाका ७८ प्रतिशत ज्वरोका विरामी निको भए
 

उत्तर कोरियामा रहेका कम्तीमा पनि ७८ प्रतिशत ज्वरोका विरामी निको भएका यहाँको सरकारले जनाएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जनाएअनुसार केही दिनदेखि यहाँ ज्वरोको प्रकोप बढेको थियो र अहिलेसम्म ७८ प्रतिशत भन्दा बढी निको भएका छन् ।

यहाँ अप्रिलको अन्तिम तिरबाट ठूलो संख्याका नागरिकमा ज्वरोको प्रकोप बढेको थियो । त्यस प्रकोपमा कम्तीमा पनि  २६ लाख ४० हजार नागरिक परेका थिए । उनीहलाई केहीलाई अस्पताल भर्ना गरिएको थियो भने केहीको घरमै उपचार भएको थियो ।शनिबार रातिसम्ममा २० लाख ६० हजार ज्वरोका विरामी निको भएका थिए, भने अरु केहीलाई उपचार जारी रहेको बताइएको छ ।

सो समाचार समितिकाअनुसार यहाँ ज्वरोको प्रकोपका कारण ६७ जनाको ज्यान गएको थियो । सुरुमा ज्वरो मात्र भनिएकामा पछि यहाँका कतिपय नागरिकमा कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो । तर उत्तर कोरियाली सरकारले कोरोनाको प्रकोप नभएर ज्वरो मात्र भएको बताएको छ ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया