रिभर फल्स पावरको आईपीओ बाडँफाडँ,यसरी हेर्न सकिने नतिजा

१ बर्ष अगाडि

काठमाडौं- रिभर फल्स पावर लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा रिभर फल्स पावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो ४ बजे राखिएको थियो। 

कम्पनीले गत वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल २७ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको थियो। कुल कित्तामध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको थियो। बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

क्यापिटलका अनुसार यो आईपीओमा कुल १८ लाख ९ हजार २५९ आवेदकबाट २ करोड १३ लाख ९४ हजार ६३० कित्ता माग भएको थियो। तीमध्ये १८ लाख ५ हजार ४४० आवदेकबाट परेको २ करोड १ लाख ९५ हजार ९१० कित्तामात्रै बाँडफाँडका लागि सदर भएका छन्। बाँकी ३ हजार ८१९ आवेदकबाट माग भएको ११ लाख ९८ हजार ७२० कित्ता विभिन्न कारणले बदर भएका छन्। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा कुल सदर आवेदकमध्ये २ लाख ५३ हजार ८९० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी १५ लाख ५१ हजार ५५० आवेदकको हात खाली भएको छ। 

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक गरिने क्यापिटलले जनाएको छ। अन्तिम नतिजा प्रभु क्यापिटल, आईपीओ निष्कासनकर्ता कम्पनी र सीडीएससीको https://iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ। 

१ बर्ष अगाडि

प्रतिक्रिया