कलाकार बीएस राणाको निधन

५ बर्ष अगाडि


काठमाडौं– नेपाली चलचित्र क्षेत्रका सफल कलाकार बीएस राणाको निधन भएको छ ।

राणाको उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । उनको  ७८ वर्षको उमेरमा निधन भएको हो । 

स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उनले अभिनय गरेका चलचित्रहरु दासढुंगा,सेतो बाघ, हवल्दार सुन्तली जस्ता विभिन्न चलचित्रहरु चर्चित छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया