विश्वमा कोरोना सुरु भएयता हरेक दिन एक नयाँ अर्बपति थपिए, कति पुग्यो

विहीबार, १२ जेठ २०७९, १० : ४९

एजेन्सी - कोरोना महामारी सुरु भएयता हरेक दिन विश्वमा एक नयाँ अर्बपति थपिएको छ । अक्सफार्मले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । 

स्विट्जरल्यान्डको ड्याभोसमा हरेक वर्ष हुने वर्ल्ड इकोनोमिक फोरमको बैठकअघि अक्सफार्मको प्रतिवेदन सार्वजनिक गरिएको थियो । प्रतिवेदनअनुसार सन् २०२० यता विश्वमा ५७३ नयाँ अर्बपति थपिएछन् । यो हिसाबले प्रत्येक ३० घन्टामा नयाँ एकजना अर्बपति थपिएका छन् । 

हाल विश्वमा अर्बपतिको संख्या २६६८ पुगेको प्रतिवेदनमा उल्लेख छ । कोरोना महामारीको समयमा अर्बपतिहरुको सम्पत्ति ३८ खर्ब डलरले बढेर १२७ खर्ब डलर पुग्यो । यसरी अर्बपतिहरुको सम्पत्ति बढ्नुमा कोरोनाकालमा विश्व सेयर बजारमा आएको उछाल नै मुख्य कारण मानिएको छ । 

ड्याभोस विश्वका सबैभन्दा धनाढ्य र प्रमुख देशका नेताहरू सहभागी हुने गर्छन् । कोरोना महामारीका कारण दुई वर्षपछि यो बैठक बस्न लागेको हो ।


 

विहीबार, १२ जेठ २०७९, १० : ४९

प्रतिक्रिया