एक वर्षमा १७५५२ प्रतिशत रिटर्न,१ लाख लगानीबाट बढेर १ करोड ८५ लाख

१ बर्ष अगाडि

काठमाडौं, भारतीय शेयर बजारमा केइजर कर्पोरेसन लिमिटेड एक वर्षको अवधिमा १७५५२ प्रतिशत रिटर्न दिएको छ । 

मिडिया तथा न्यूज एजेन्सीहरुका अनुसार सोच्दै नसोचेको रिटर्न दिने त्यो सेयर केइजर कर्पोरेसन लिमीटेड९प्बष्कभच ऋयचउयचबतष्यल ीष्mष्तभम०को हो । एक वर्षको अवधिमा यो कम्पनीको सेयरले १७५५२ प्रतिशत रिटर्न दिएको समाचारमा जनाइएको छ । 

यो कम्पनीको शेयरले आफ्ना लगानीकर्तालाई ६ महिनाको अवधिमा ६१९२ प्रतिशत रिटर्न दियो । ६ महिनाअघि बम्बई स्टक एक्सचेञ्जमा यो कम्पनीको शेयरमूल्य ९५ पैसा थियो । अहिले बढेर ६३ रुपैयाँको उचाईमा पुगेको छ । बिहीबार पनि यो कम्पनीको शेयरमूल्य ५ प्रतिशतले बढ्यो । 

रिटर्नको हिसाबले हेर्ने हो भने यदि कुनै लगानीकर्ताले यो कम्पनीको शेयरमा ६ महिनाअघि १ लाख रुपैयाँ लगानी गरेको थियो भने आज सो रकम ६३ लाख माथि पुग्ने थियो । 

यस्तै, कुनै लगानीकर्ताले एक वर्षअघि यो कम्पनीको शेयरमा १ लाख रुपैयाँ लगाएको थियो त्यसको मूल्य आज बढेर १ करोड ८५ लाख हुने थियो । 

यति मात्र होइन, जनवरीमा मात्रै कसैले यसमा १ लाख रुपैयाँ लगाएको थियो त्यो लगानी बढेर २१ लाख पुग्ने थियो । 

केइजर कर्पोरेसन एक सानो कम्पनी हो । यो कम्पनीको स्थापना सन् १९९३ मा भएको थियो । यो व्यापार र प्याकेजिङ क्षेत्रको कम्पनी हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया