सामसुङले ल्यायो अहिसम्मकै सस्तो स्मार्टफोन

५ बर्ष अगाडि

काठमाडौँ – सामसुङले अहिलेसम्मकै सबैभन्दा स्स्तो ग्यालेक्सी स्मार्टफोन बजारमा ल्याउने भएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार दक्षिण कोरियाली प्रविधि तथा स्मार्टफोन कम्पनी सामसुङले चिनियाँ मोबाइल तथा स्मार्टफोनसँग प्रतिस्पर्धा गराउनका लागि सस्तो फोन ल्याएको हो ।

सामसुङले सस्तो फोन सुरूमा भारतमा ल्याउने छ । भारतमा चिनियाँ मोबाइलहरू लोकप्रिय हुन थालेपनि सामसुङको नजर त्यहाँ परेको हो ।

उसले चीनकोभन्दा सस्तो स्मार्टफोनको सुरूवात भारतबाट गर्न लागेको बताइएको छ ।आउँदो ५ फेब्रुअरीदेखि भारतमा ग्यालेक्सिी सेरिजको एम १० र एम २० पाइनेछ । यी फोनहरुको मूल्य ११२ अमेरिकी डलर अर्थात् नेरू लगभग १२ हजार पर्न जान्छ । एजेन्सी

५ बर्ष अगाडि

प्रतिक्रिया