अन्तर्राष्ट्रिय प्रतियोगिता 'हेरिटेज पेजेन्ट २०१९' का लागि रोजिन कोरिग्राफर नियुक्त

५ बर्ष अगाडि

काठमाडौँ – विभिन्न उमेर समूहको सौन्दर्य प्रतियोगिता तथा फेसन शोको कोरियोग्राफीमा डेढ दशक भन्दा लामो समय सक्रियता र निरन्तरता राखेका फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता 'हेरिटेज पेजेन्ट २०१९'का लागि अफिसियल कोरियोग्राफरका रुपमा नियुक्त भएका छन् ।

आगामी फेब्रअरी १२ देखि १७ तारिखसम्म सिंगापुरमा संचालन हुने यो प्रतियोगिता अन्तर्गत मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनल २०१९ को विजेता छनौट हुनेछ । प्रतियोगिता ई प्लानेट प्रा.लि.को ब्यानरमा संचालन हुन लागेको हो । यस अघि सो अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो संस्करण नेपालमा, दोस्रो संस्करण भारत तथा तेस्रो संस्करण श्रीलंकामा संचालन भएको थियो । वितेका तीन वटै संस्करणमा पनि रोजिन शाक्य नै कोरियोग्राफर रहेका थिए । अन्तर्राष्ट्रिय मंचमै सिंगापुरस्थित होटल भिलेज चाङ्गीमा संचालन भएको पहिलो ‘मिस मर्मेड सिंगापुर २०१६’ मा पनि रोजिन शाक्य नै कोरियोग्राफर रहेका थिए ।  

फेसन कोरियोग्राफी बाहेक नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एण्ड हस्पिटालिटी कलेज अध्यापन, पर्सनालिटी ग्रुमिङ, डकुमेन्ट्रि स्क्रिप्ट तथा प्रपोजल लेखन, भ्वाइस ओभर, इभेन्ट म्यानेज्मेन्ट लगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका रोजिन शाक्य वर्ष २०१८को अप्रिल ७ मा मलेसियाको क्वालालम्पुरमा संचालन भएको द इन्टरनेसनल प्रिस्टिज् ब्रान्ड अर्वाड समारोहमा वेष्ट आन्टरप्रिनर विधा अन्तर्गत अन्तर्राष्ट्रिय पुरस्कार वेष्ट आन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अवार्डबाट सम्मानीत भएका थिए ।  

रोजिनको कोरियोग्राफीमा मिस मर्मेड सिंगापुर सम्पन्न
 

गत सेप्टेम्बर ६ तारिखमा सिंगापुरस्थित होटल भिलेज चाङ्गीमा पहिलो ‘मिस मर्मेड सिंगापुर २०१६’ भएको छ । सो प्रतियोगिताको कोरियोग्राफी नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । प्रतियोगिताको कोरियोग्राफी संगै स्थानीय उद्घोषकका साथमा रोजिनले सो प्रतियोगिताको संचालन पनि गरेका थिए । समुद«ी जीवनको संरक्षण र प्रवद्र्धनमा लक्षित सो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा १२ जना सिंगापुरी युवतीहरुको सहभागिता रहेको थिए । जलपरी अर्थात् मर्मेडको आवरणमा प्रस्तुत भएका सहभागि सुन्दरीहरु वीचको प्रतियोगिता क्रमशः क्याजुयल वेयर पहिरन, प्रश्न उत्तर चरण, बिकिनी वेयर तथा ककटेल वेयरको प्रस्तुति संगै विजेताको चयन गर्दै टुङ्गिएको थियो । 

नेपालस्थित ई प्लानेट प्रा.लि.को शाखा कार्यालय ई प्लानेट सिंगापुरले आयोजना गरेको सो प्रतियोगितामा अड्री चेन विजेता बनेका थिए । अड्रीले प्रतियोगितामा वेष्ट ट्यालेन्ट, मिस पपुलारिटी र टप इन्फ्लेन्सर अवार्डमा पनि आफूलाई अब्बल देखाएकी थिइन् । प्रतियोगिताको फस्ट रनर अपमा एन सी जिन र सेकेन्ड रनर अपमा एस्थर एङ विजेता चयन भएका थिए । उनीहरु क्रमशः द फेस अफ मर्मेड २०१६ एम्बेसडर तथा एम्बेसडर अफ द इयर २०१६का रुपमा पनि चयन भएका थिए । मिस मर्मेड सिंगापुर २०१६ सिंगापुर बुक अफ रेकर्डस् समेत दर्ता भएको छ ।
डेढ दशक भन्दा लामो समयको निरन्तरतामा आफूलाई परिष्कृत, परिमार्जित  र परिपक्व बनाउँदै आएका नेपाली फेसन मोडलिङ र सौन्दर्य प्रतियोगितामा आफूलाई स्थापित गर्न सफल फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्य राष्ट्रिय स्तरमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफूलाई अघि बढाउँदै आएका छन् । यस अघि रोजिनले मिस हेरिटेज इन्टरनेसनल र मिसेस् हेरिटेज इन्टरनेसनल नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको कोरियोग्राफरका रुपमा अनुभव संगालिसकेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया