छैनन् नापी र मालपोतमा कर्मचारीः बुढीगण्डकी आयोजनाले अझै १९ हजार रोपनीको मुअब्जा वितरण गर्न बाँकी

माघ २०, २०७५ | आजको अर्थ
ajaako_artha

काठमाडौँ –  बूढीगण्डकी जलविद्युत् आयोजनाले मुआब्जा निर्धारण भएको १९ हजार ३७४ रोपनी जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण गर्न बाँकी रहेको छ ।

धादिङ र गोरखातर्फ मुआब्जा निर्धारण भए पनि वितरण हुन नसकेको हो ।

गोरखातर्फ कूल ९  हजार ३७२ रोपनी र धादिङतर्फ कूल १० हजार दुई रोपनी जग्गाको मुआब्जा निर्धारण गरिसकेको छ । तर निर्धारण भएका क्षेत्रको समेत जग्गाधनीलाई वितरण हुन सकेको छैन ।

सरकारले चालू आर्थिक वर्षमा आयोजना प्रभावित क्षेत्रका लागि रु १७ अर्ब ९९ करोड ९६ लाख बराबरको मुआब्जा वितरणका लागि बजेट विनियोजन गरेको छ ।

दुवै जिल्लाका मालपोत र नापी कार्यालयमा कर्मचारी अभावका कारण मुआब्जा वितरण कार्य प्रभावकारी बन्न नसकेको हो ।

आर्थिक वर्ष २०७३÷७४ मा दुवै जिल्लाका एक हजार ९९३ जग्गाधनीका कूल ८  हजार ३६६ रोपनी जग्गाका लागि ४  अर्ब ३५ करोड रुपैयाँ  बराबरको मुआब्जा वितरण गरेको थियो ।

यस्तै आव २०७४÷०७५ मा ५  हजार १०२ जग्गाधनीका १७ हजार २३१ रोपनी जग्गाका लागि१० अर्ब ८४ करोड २२ लाख रुपैयाँ बराबरको मुआब्जा वितरण गरेको थियो ।

चालू आवको हालसम्म दुई हजार ४६३ जग्गाधनीको सात हजार ७५२ रोपनी जग्गाका लागि ४  अर्ब ७० करोड ५१ लाख २५ हजार रुपैयाँ मुआब्जा वितरणको प्रक्रियामा छ ।

आयोजनाले हालसम्म कूल ९  हजार ५५८ जग्गाधनीका ३३ हजार ३४९ रोपनी जग्गाका लागि १९ अर्ब ८९ करोड ७३ लाख २५ हजार ४१५ रुपैयाँ बराबरको मुआब्जा वितरण गरेको छ ।

गोरखातर्फ तीन हजार ३०० रोपनी र धादिङतर्फ दुई हजार रोपनी जग्गाको मुआब्जा निर्धारण भइसकेको छैन । आयोजना प्रभावितले मुआब्जा निर्धारण हुन नसकेका स्थानको तत्काल मुआब्जा निर्धारण गरिदिन आग्रह गर्दै आएका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८