शेयर बजारमा १ अर्ब २९ करोडको कारोवार

५ बर्ष अगाडि

काठमाडौँ–  नेपाल स्टक एक्सचेञ्जका अनुसार धितोपत्र बजारमा यस साता कूल १६८ कम्पनीको ४४ लाख ६६ हजार ५६८ कित्ता शेयर रु एक अर्ब २९ करोड ३६ लाख ४९ हजार ७३७ मूल्यमा खरीद बिक्री भएका छन् ।

एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक समेत यस साता सामान्य अङ्कले घटेको छ । साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको थियो । सो दिन कूल १६३ कम्पनीको १० लाख ७९ हजार ५८० कित्ता शेयर रु ३० करोड ३० लाख ३६ हजार ८८८ मूल्यमा खरीद बिक्री भएको थियो ।

यस्तै साताको दोस्रो दिन कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुगेको थियो । सो दिन १६५ कम्पनीको आठ लाख ७१ हजार ८२८ कित्ता शेयर रु २२ करोड ४३ लाख १६ हजार ५२७ मा खरीद बिक्री भएको थियो ।

साताको तेस्रो दिन कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०.९९ विन्दुमा पुगेको थियो । सो दिन कूल १६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता शेयर रु ३० करोड आठ लाख १४ हजार ३८७ मूल्यमा खरीद बिक्री भएको थियो ।

साताको चौथो दिन बुधबार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ४ विन्दुले घटेर एक हजार १६० दशमलव ५९ विन्दुमा कायम रह्यो । सो दिन कूल १६८ कम्पनीको पाँच लाख ७२ हजार ७७५ कित्ता शेयर रु १९ करोड २० लाख ९४ हजार ४९२ मूल्यमा खरीद बिक्री भएको थियो ।

यस्तै साताको अन्तिम दिन बिहिबार कूल १६८ कम्पनीको नौ लाख सात हजार ३१४ कित्ता शेयर रु २७ करोड ३३ लाख ८७ हजार ४४३ मूल्यमा खरिद बिक्री भयो । सो दिन नेप्से परिसूचक १.०४ विन्दुले बढेर एक हजार १६१.६३ विन्दुमा कायम भइ बजार बन्द भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया