मिस गोरखा सिजन २’ को उपाधी श्रेष्ठलाई

५ बर्ष अगाडि

मिस गोरखा सिजन २’ को उपाधी गोरखा नगरपालिका–६ पदेलीकी नेहा श्रेष्ठले हात पारेकी छिन् ।
शनिवार भएको फिनालेमा १३ प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले उपाधी जितेकी हु्न् । उपाधी बिजेता श्रेष्ठले मिस गोरखा २ को ताज सँगै शिल्ड, नगद ५० हजार र अन्य ‘गिफ्ट ह््याम्पर’ पाएकी छिन् । त्यस्तै एयर होस्टेज पढ्नका लागी छात्रवृत्ति समेत उपलब्ध गराइने आयोजक सौन्दर्यकला व्यवसायी संघकी सुकु श्रेष्ठले बताइन् ।

 ‘६ महिने जापनिज भाषा र पाँच दिनको मेकअप र हेयर कटिङ तालिम पनि निशुल्क उपलब्ध गराइन्छ,’ श्रेष्ठले भनिन् । प्रतियोगीतामा ‘फस्ट रनर अप’बारपाककी किरण घले भइन् । उनले ‘फस्ट रनर अप’ को ताज सँगै नगद ३० हजार पाएकी छिन् । ‘सेकेण्ड रनर अप’ बनेकी मास्किछापकी प्रिती थापा मगरले ताज सँगै नगद २० हजार पुरस्कार पाएकी छिन् ।

 प्रतियोगितामा ‘थर्ड रनर अप’ बनेकी बोर्लाङकी प्रिति गैरेले ताज सँगै नगद दश हजार पुरस्कार पाइन् । उनीहरुलाइ ‘एयर होस्टेज’ पढ्नका लागी २५ प्रतिशत छुटको व्यवस्था गरिएको श्रेष्ठले बताइन् । जापनिज भाषा निशुल्क पढ्न पाउने व्यवस्था पनि गरिएको उनको भनाइ छ । अनुष्का सुनार प्रतियोगीतामा ‘भिवर च्यावइस’ (सवैभन्दा धेरै टिकट बेच्ने) बनेकी छिन् ।

 उनले ताज सँगै ‘एयर होस्टेज’ पढ्नका लागी २५ प्रतिशत छुट र ६ महिने निशुल्क जापनिज भाषा सिक्ने अवसर पाएकी छिन् । प्रतियोगीताको फाइनलमा पुगेका १४ जनालाइ बिभिन्न विधामा पुरस्कृत गरिएकोछ

५ बर्ष अगाडि

प्रतिक्रिया