शेयर किनेर पैसा तिर्न सक्नु भएन? अब चिन्ता नगर्नुस् नेप्सेले बनायो छुट्टै कोष

५ बर्ष अगाडि

काठमाडौँ – शेयर किनेर पनि रकम भुक्तानी गर्न ढिलाइ भएमा  त्यसको राफसाफका लागि छुट्टै कोष र्निाण गरिने भएको छ ।

शेयर राफसाफ कोषमार्फत सापटी लिएर कारोबार पूर्ण गर्ने ब्यवस्था हुन गरिन लागेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार राफसाफ कोषको स्थापना गरेको छ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २७ बमोजिम कोष स्थापना भएको स्टकले जनाएको छ ।

कारोेबार नियमावलीले तोके अनुसार नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको संयोजकत्वमा एक समिति गठन भएको हो ।

समितिमा  केन्द्रीय निक्षेप प्रणाली र नेपाल स्टक ब्रोकर एशोसिएसन समितिमा छन्। समितिको पहिलो बैठकले कोष संञ्चालनका लागि बीउ पूँजी संकलन, बैंक खाता र कोषको अन्य कामकारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाउने छ।

पूर्ण रूपमा कोष सञ्चालनमा आएपछि कुनै ग्राहकले खरिद गरेको धितोपत्रको रकम भुक्तानीको ग्यारेन्टी हुने छ ।  सुरुमा सानो रकमबाट कोष स्थापना भए पनि यसले शेयर कारोबारमा भुक्तानीको ग्यारेन्टी गर्ने पद्धतिको विकास हुनेछ ।

दोस्रो बजारमा शेयर खरिद गरेर समयमा कारोबार राफसाफ नभएमा ब्रोकर कम्पनीले उक्त कोषबाट रकम सापटी लिएर कारोबार राफसाफ गर्ने छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया