‘हेरिटेज पेजेन्टस् २०१९’मा ३० देशका ४० सुन्दरी

५ बर्ष अगाडि

काठमाडौं – नेपाली संस्था इप्लानेट नेपाल आयोजक रहेको अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस् २०१९’को तयारी सुरु भएको छ ।

सौन्दर्य प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनको उदेश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो ।

प्रतियोगिताको नयाँ सिजन सुरु भएको छ । संगापुरको अंकल रिंगो काइन्डनेस कार्निभलमा १० फेब्रअरीदेखि १७ सम्म प्रतियोगिता आयोजना हुँदैछ ।

यसपटकको ‘हेरिटेज् पेजेन्टस् २०१९’ अन्तर्गत मिस हेरिटेज इन्टरनसनल र मिसेस् हेरिटेज इन्टरनेसनल २०१९ को उपाधि लागि प्रतिस्पर्धा हुनेछ । विश्वका ३० मुलुकका ४० प्रतिस्पर्धी सहभागी हुने प्रतियोगीता सिंगापुर सरकार, सिंगापुर काइन्डनेस मुभमेन्ट, अंकल रिंगो काइन्डनेसन कार्निभल, सिंगापुर तथा मलेसिया स्थित कलाइमनि केयर्सको सहकार्य हुन लागेको यस पटकको हेरिटेज् पेजेन्टस् २०१९ अन्तर्गत मिस हेरिटेज इन्टरनसनल र मिसेस् हेरिटेज इन्टरनेसनल २०१९ को उपाधि लागि प्रतिस्पर्धा हुनेछ । 

विश्वका ३० मुलुकका चालीस प्रतिस्पर्धीहरु प्रतियोगितामा सहभागि हुनेछन् । यस पटकको आयोजनामा सिंगापुर सरकार, सिंगापुर काइन्डनेस मुभमेन्ट, अंकल रिंगो काइन्डनेसन कार्निभल, सिंगापुर तथा मलेसिया स्थित कलाइमनि केयर्सको सहकार्यमा हुन लागेको आयोजक इप्लानेट प्रा.लि अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।

प्रतियोगिताका सहभागी र विजेताको दायित्व कर्तब्य सम्बन्धित मुलकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ ।
 
सिंगापुरका सुसान सान्फुर्मी कोहको संयोजन रहन् प्रतियोगितामा नेपाली कोरियोग्राफर रोजिन शाक्य र बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको कोरियोग्राफी रहनेछ । ्ईप्लानेटले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा थुप्रै प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यसअघि ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ईप्लानेटको पहिलो पटक २०१४बाट अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज इन्टरनेशल नेपालबाट सुरु गरेको थियो । त्यसपछि यो प्रतियोगिता भारत, श्रीलंका लगायतका देशमा आयोजना भएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया