सुनको मुल्य बढ्यो, कति छ आज हेर्नुस्

५ बर्ष अगाडि

काठमाडौं– साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलामा ६२ हजार ५०० पुगेको छ । साताको पहिलो दिन आइतबार ६२ हजार ३०० मा कारोबार भएको सुनको भाउ आज बढेर ६२ हजार ५ सयमा कारोबार भएको हो । 

यस्तै आज तेजावी सुन ६२ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
चाँदी भने आज तोलमा रु ७८० मा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया