एउटा गाडी बेच्दा ५२ प्रतिशत नाफा,  कुन शीर्षकमा कति असुली ?

६ बर्ष अगाडि

काठमाडौं-लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डार्ईको  इओन इरा प्लस ब्रान्डको गाडी बिक्रीमा चरम ठगी गरिरहेको भेटिएको छ । कम्पनीले हुन्डाईको इओन इरा प्लस गाडी बिक्रीमा उपभोक्ताबाट ५२ प्रतिशत नाफा लिएर ठगी गरिरहेको भटिएको हो ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सम्बन्ध विभागले विभिन्न गाडी विक्रेता कम्पनीले उपभोक्ता ठगी गरेको आरोपमा कारबाही गरिरहेका बेला विभागले अनुगमन नगरेको कम्पनीमा समेत ५२ प्रतिशतभन्दा बढी मुनाफा असुली गर्ने गरेको भेटिएको हो ।

कम्पनीले नेपाली बजारमा बिक्री गर्ने गरेको सो ब्रान्डको गाडीमा भारतबाट नेपालको यातायात व्यवस्था विभागमा दर्ता हुँदासम्म लाग्ने सबै शुल्क असुल गरिसकेपछि पनि ६ लाखभन्दा बढी मुनाफा लिने गरेको भेटिएको हो ।

कम्पनीको मूल्य सूचीअनुसार सो ब्रान्डको गाडीका लागि कम्पनीले कुल १८ लाख ९६ हजार रुपैयाँ असुली गर्ने गरेको छ । कम्पनीका उप महाप्रबन्धक रुपेश शर्मा भट्टले कम्पनीले सो ब्रान्डको गाडी १८ लाख ९६ हजार मूल्यमा बिक्री गरिरहेको बताए । उनका अनुसार  सो मूल्यमा ७५ हजारदेखि १ लाख रुपैयाँसम्म उपभोक्तालाई छुट दिने गरिएको छ ।

कम्पनीले दाबी गरेको १ लाख रुपैयाँसम्म छुट दिँदा पनि कम्पनीले साढे ५ लाख रुपैयाँसम्म मुनाफा खाने गरेको भेटिएको छ । कम्पनीबाट प्राप्त मूल्य सूचीअनुसार लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईको इओन इरा प्लस ब्रान्डको गाडी २ लाख ९२ हजार ६८ रुपैयाँमा खरिद गर्छ ।

 त्यसमा भारतमा फ्रिजबापत  २८ हजार ५३७ भारतीय रुपैयाँ र इस्योरेन्सबापतको ६०९ रूपैयाँसहित गरेर सो गाडीको भन्सार मूल्यांकन रकम ३ लाख २१ हजार ५१७ रुपैयाँ हुन्छ । कम्पनीले ३ लाख २१ हजार रुपैयाँ भन्सार तिर्ने गरेको खबर राजधानी दैनिकमा छापिएको छ   ।

कुन शीर्षकमा कति असुली ?
शीर्षक  रकम (रु)
उत्पादक कम्पनीमा गाडीको मूल्य    २९२०६८
फ्रिज  २८५३७
ट्रान्जिट इन्स्योरेन्स   ६०९
भन्सार बिन्दुमा लाग्ने कुल मूल्य     २००७६०
भन्सार मूल्य  २४९४९७
भन्सारपछिको कुल मूल्य     ५७१०१४
अन्तःशुल्क    ३४२६०९
अन्तःशुल्कपछिको मूल्य      ९१३६२३
भ्याट  ११८७७१
अतिरिक्त भ्याट भार  ९९३५२
कुल खर्च     ११५०७४७
दर्ता शुल्क    ८०५५२
फ्रिज (वीरगन्ज र रक्सौलमा)  १२८००
कुल लागत    १२४४०००
बजार मूल्य   १८९६०००
नाफा  ६५१९०१ (५२.३९ प्रतिशत)
 

६ बर्ष अगाडि

प्रतिक्रिया