चालु आवको ६ महिनामा ३८ लघुवित्तले के कति नाफा कमाए

५ बर्ष अगाडि

काठमाडौं – ग्रामीण क्षेत्रमा गरिबी निवारण र वित्तीय पहुँच पुर्याउन खोलिएका लघुवित्त संस्थाले पछिल्लो दिनमा चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण प्रकाशित गरिरहेका छन् ।

 हालसम्म कूल ३८ वटा  लघुवित्त संस्थाले आफ्नो प्रतिवेदन सार्वजनिक गरेका छन् ।

उनीहरुले प्रकाशित गरेको विवरणअनुसार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त , एनएमबी माइक्रोफाइनान्स, कालिका माइक्रोक्रेडिटको भने नाफा गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा घटेको देखिएको छ ।

छिमेक लघुवित्तले चालु आवको ६ महिनामा ३९ करोड २३ लाख ५५ हजार नापाm कमाएको छ । सो लघुवित्तले गत आवको सोही अवधिमा मात्रै रु २१ करोड ५९ लाख ४३ हजार नाफा गरेको थियो । गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा सो लघुवित्तले ८१.६९ प्रतिशत बढी नाफा कमाएको हो ।

यस्तै डिप्रोक्स लघुवित्तले १७ करोड ९९ लाख ६१ हजार नाफा कमाएको छ । गत आवको ६ महिनाको तुलनामा सो लघुवित्तले ६०.२४ प्रतिशत बढी नाफा कमाएको हो । गत आवको सो अवधिमा लघुवित्तले ११ करोड २३ लाख १० हजार नाफा कमाएको थियो ।

यस्तै स्वावलम्बन लघुवित्तले १७ करोड १९ लाख ४४ हजार नाफ कमाउँदा आरएमडिसीले १४ करोड ६८ लाख २८ हजार नाफा कमाएको छ ।

ग्रामीण लघुवित्तले ११ करोड ३४ लाख ३३ हजार, मेरो माइक्रोफाइनान्सले ६ करोड १८ लाख ५८ हजार, एनआइसि एशिया लघुवित्तले ५ करोड ७७ ला ४ हजार, नेशनल माइक्रोफाइनान्सले ५ करोड ७२ लाख ४० हजार, फूसट माइक्रोफाइनान्सले ५ करोड ६३ लाख १६ हजार, लक्षमी लघुवित्तले ४ करोड ८५ लाख १७ हजार, नेरुडे लघुवित्तले ३ करोड ८१ लाख ८५ हजार, निर्धन उत्थान बैंकले भने गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा ८७.६७ प्रतिशतले नाफा गुमाएर मात्रै ३ करोड ३२ लाख २७ हजार नाफा कमाएको छ ।

आरएसडिसी लघुवित्तले २ करोड ८४ लाख ७९ हजार, स्वदेशी लघुवित्तले २ करोड ६४ लाख ५३ हजार नाफा कमाएको छ ।

यस्तै बोमी माइक्रोफाइनान्सले २ करोड ६२ लाख ५३ हजार, समिट माइक्रोफाइनान्सले २ करोड ६० लाख ७२ हजार, विजय लघुवित्तले २ करोड ४२ लाख ३९ हजार, स्वरोजगार लघुवित्तले २ करोड ३६ लाख ९१ हजार, उन्नती माइक्रोफाइनान्सले २ करोड ११ लाख २४ हजार, माहुली सामुदायिक लघुवित्तले २ करोड २ लाख ८५ हजार, ग्लोबल आइएमइ लघुवित्तले १ करोड ९६ लाख ७ हजार नाफा कमाएका छन् ।

मिर्मिरे माइक्रोफाइनान्सले १ करोड ७७ लाख ५७ हजार, सूर्योदय लघुवित्तले १ करोड ६३ लाख ७९ हजार, गणपति माइक्रोफाइनान्सले १ करोड ५१ लाख ८३ हजार नाफा गरेका छन् ।

इन्फिनिटी माइक्रोफाइनान्सले १ करोड २९ लाख ६५ हजार, सबैको लघुवित्तले १ करोड २० लाख ५५ हजार, चौतारी लघुवित्तले  १ करोड ५ लाख १६ हजार, एनएमी माइक्रोफाइनान्सले १ करोड ३ लाख २३ हजार नाफा कमाएका छन् ।

त्यस्तै स्वाभिमान माइक्रोफाइनान्सले ८२ लाख ८५ हजार, सिभिल लघुवित्तले ७४ लाख २६ हजार, समता लघुवित्तले ७२ लाख १७ हजार, साधना लघुवित्तले ५६ लाख ८३ हजार, जनसेवी लघुवित्तले ५० लाख ४३ हजार, कालिका माइक्रोक्रेडिटले ४९ लाख १८ हजार, सारथी लघुवित्तले ४३ लाख १२ हजार, नयाँ नेपाल लघुवित्तले २५ लाख २३ हजार, स्पर्श लघुवित्तले ६ लाख २१ हजार रुपैयाँ , नागरिक लघुवित्तको भने विवरण फेला परेको छैन ।

कूल ३८ वटा लघुवित्त कम्पनी मध्येमा सबैभन्दा बढी चुक्ता पुँजी निर्धन उत्थान बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको रहेको छ । ती कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ र १ अर्ब रुपैयाँ रहेको छ । सबैभन्दा कम चुक्ता पुँजी भने नागरिक लघुवित्त कम्पनीको १ करोड ७५ लाख रुपैयाँ मात्र रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया