शेयर दलालको थप शाखा कार्यालय खोल्न सेबोनले गर्यो यस्तो निर्णय

५ बर्ष अगाडि

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशका विभिन्न स्थानमा धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ

गत असार मसान्तसम्मका शाखा कार्यालय खोल्नका लागि आवेदन दिएका  धितोपत्र दलाल व्यवसायीलाई शाखा कार्यालय खोल्न दिने बोर्डको निर्णयअनुसार आवश्यक भौतिक पूर्वाधार तयार पार्नसमेत आग्रह गरिएको छ ।

बोर्डले धितोपत्रको कारोवार हुने तर शाखा कार्यालय नखुलेका महेन्द्रनगर, घोराही, तुलसीपुर, भैरहवा, जनकपुरमा शाखा कार्यालय खोल्न निर्देशन दिएको र आवश्यक भौतिक पूर्वाधार तयार पार्न आग्रह गरेको हो ।

बोर्डले धितोपत्र दलाललाई व्यवसायीबाट प्राप्त भएको निवेदन तथा पूँजी बजारमा देखिएका प्रवृत्तिको समग्र मूल्याङ्कन गरी वित्तीय स्थायित्व एव् लगानीका लागि स्रोत व्यवस्थापनसम्बन्धी समितिको सुझावका आधारमा आवश्यक निर्णय गर्र्दै आएको जनाएको छ ।

धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय स्थापना गर्ने कार्यलाई अझ व्यवस्थित बनाउन नियमावलीमा समेत थप व्यवस्था गरिएको र प्रक्रिया समेत अगाडि बढाइएको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिनुभयो । 

५ बर्ष अगाडि

प्रतिक्रिया