सांग्रिला बैंक र नेपाल मेडिसिटी बीच स्वास्थ्य–उपचार सम्बन्धी सम्झौता

५ बर्ष अगाडि


 

काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र आश्विन मेडिकल कलेज एण्ड हस्पिटल प्रा. लि. का नामबाट दर्ता भएको नेपाल मेडिसिटी बीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महाप्रबन्धक श्री विजय रिमालले हस्ताक्षर गर्नुु भएको थियो । 

सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका ग्राकहरुलाई नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन । 

अब बैंकले आफ्ना ग्राकहरुलाई बैंकि सेवाको अतिरीक्त नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुट दिलाई सहयोग गर्न लागेको आज जारी विज्ञप्तीमा   भनिएको छ   ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया