आजदेखि नेपाल टेलिकमको अफरै अफर, के—के छ सुविधा ?

५ बर्ष अगाडि

अबदेखि नेपाल टेलिकमको प्रिपेड मोबाइल सेवामा अन्र्तराष्ट्रिय रोमिङ सुविधा उपलब्ध हुने भएको छ । यसका लागि आज आउटबोण्ड रोमिङ  सफ्ट लन्च भएको छ । 

एनटिसीले आफ्नो १५ औ बार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोबाइल सेवामा पनि रोमिङ शुरु गर्न लागेको  हो । 

यसअघि कम्पनीको नेटवर्कमा विदेशी अपरेटरका ग्राहक तथा कम्पनीका पोष्टपेड ग्राहकलाई मात्र विदेशी अपरेटरको नेटवर्कमा रोमिङ सेवा प्रदान गरेको थियो । आजदेखि भने यो सेवा प्रिपेडमा पनि लागु भएको छ । 

टेलिकमले पहिलो चरणमा भारत र चीनमा यो सेवा उपलब्ध हुने जनाएको छ । यसमा कुनै धरौटीको व्यवस्था छैन । यद्यपि, पहिलेदेखि अन्र्तराष्ट्रिय रोमिङ कल सुविधा  पाउँदै आएका पोष्टपेड ग्राहकले भने १० हजार धरौटी राख्नुपर्ने व्यवस्था जनवरी १ बाट लागु भएको छ । यसअघि ३० हजार रुपैयाँ धरौटी राख्नुपथ्र्यो ।

यसैगरी कम्पनीले बार्षिक उत्सवको अवसर पारेर माघ २२ देखि फागुन २२ सम्म  एनटी मोबाइल एप डाउनलोड तथा रजिष्ट्रेसनमा निशुल्क १० एमबी डाटा उपलब्ध गराउँने जनाएको छ । 

जिएयसएम पोष्टपेड ग्राहकलाई ९०० रुपैयाँको प्याकेजमा प्रति महिना दुइ जिबि डाटा र ५०० रुपैयाँको निशुल्क रिसोर्स उपलब्ध गराउँदै आएकोमा अब प्रतिमहिना अल टाइम डाटा ३.३ जिबी  र ५०० रुपैयाँको रिसोर्स उपलब्ध हुनेछ । 

यता, माघ २३ देखि फागुन ८ सम्म रजिष्ट्रर हुने नयाँ जिएसएम पोष्टपेड मोबाइल ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना अल टाइम डाटा एक जिबि र १०० मिनेट अल टाइम भ्वाइस बोनस उपलब्ध हुनेछ ।  

यस्तै माघ २२ देखि ९० दिनसम्म दैनिक, साप्ताहिक र मासिक चाइना कल प्याकेज अन्र्तगत क्रमशः ३५ रुपैयाँमा १० मिनेट, १५० रुपैयाँमा ४५ मिनेट र ५०० रुपैयाँमा १६५ मिनेट उपलब्ध हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया