अनार कसरी प्रयोग गर्दा के के फाइदा हुन्छ ?

५ बर्ष अगाडि

यदि आँप फलफूलको राजा हो भने अनारको भूमिका त्यो डाक्टरको जस्तै हुन्छ, जोसँग तमाम रोगको औषधी छ । अनारको यही उपयोगिता कारण ‘एक अनार सय बिमार’ भन्ने भनाइ प्रचलनमा छ ।

स्वास्थ्यका दृष्टिले यो निकै महत्त्वपूर्ण फल हो । स्वास्थ्यवर्धक गुणकै कारण यो हरेक रोगमा सेवन गरिन्छ । यसको नियमित सेवनले बुढो हुने प्रक्रिया पर सर्ने विश्वास गरिन्छ ।

अनारमा प्रचुर मात्रामा लाभदायक प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, भिटामिन र खनिज पदार्थ पाइन्छ । एक सय ग्राम अनार खाँदा हाम्रो शरीरलाई करिब ६५ किलो क्यालोरी ऊर्जा प्राप्त हुन्छ । यसको प्रयोग थुप्रै आयुर्वेदिक औषधि बनाउन समेत गरिन्छ ।

अनारमा रक्त सञ्चारसम्बन्धी रोगसँग जुध्ने क्षमता हुन्छ । यसले रक्तचाप घटाउँछ, सुन्निएको वा पोलेको अंगलाई बिसेक गर्छ, बाथ रोगको सम्भावना कम गर्छ । क्यान्सर रोकथाममा समेत यो फल सहयोगी मानिन्छ ।

अनारले महिलामा मातृत्वको सम्भावना र पुरुषमा पुरुषत्व बढाउँछ । यो गुणकारी फलबारे दुई सयभन्दा बढी अध्ययन/अनुसन्धान भएका छन् । इजराइलस्थित हाइफा विश्वविद्यालयका प्रा. लास्कीले यो फलमा पाइने उपयोगी तत्त्वले शरीरको रोग प्रतिरोधी प्रणाली रक्षा गर्छ भनेर प्रमाणित गरेका छन् । उक्त अध्ययन अनुसार यसमा पाइने भिटामिन, खनिज तत्त्व र एन्टिअक्सिडेन्टले रुघाखोकी आदिमा प्रत्यक्ष अनुभव गर्न सकिने किसिमले आराम पुर्‍याउँछ ।

अनारले छाला, स्तन र प्रोस्टेट ग्रन्थीको क्यान्सर तथा पेटको अल्सरको सम्भावनामा समेत कमी ल्याउँछ । अमेरिकी चिकित्सकहरूले उल्लेख गरेअनुसार यसको रसको सेवनले वृद्घावस्थामा हुने रोग अल्झाइमरको जोखिमसमेत कम पार्छ ।


वैज्ञानिकहरूले अनारमा रेड वाइन वा हरियो चियाको तुलनामा तीनदेखि चार गुणा बढी पालिफेलोन जस्तो एन्टिअक्सिडेन्ट पाएका छन् जसले र्‍याडिकल्सलाई बाँध्ने काम गर्छ ।

प्रयोगहरूअनुसार एक वर्षसम्म अनार सेवनपछि ‘आर्टेरियोस्क्लेरासिस’ अर्थात् धमनीसम्बन्धी रोगीको गलाको धमनीको मोटाइ ३० प्रतिशतसम्म घट्यो । यस्तै उच्च रक्तचाप २१ प्रतिशतसम्म तल आयो र हृदयनजिकको धमनीमा तनावजन्य कठोरताले गर्दा मत्थर हुन गएको रक्त प्रवाहमा तीन महिनामै १७ प्रतिशतसम्म सुधार देखियो ।

माथिका फाइदाहरु अनारको दानाका मात्रै हुन् । अनारको दाना जस्तै अनारको बोक्रा र अनारको पातमा पनि औषधिय गुणहरु हुन्छन् ।

अनारको बोक्राले यी रोगबाट बचाउँछ


बलियो हड्डिका लागि –

कमजोर हड्डीका लागि अनारको दाना निक्कै लाभदायी हुन्छ । यसमा एन्टिब्याक्टेरियल गुण हुन्छन्, जसले हड्डीलाई बलियो बनाउँछ । एक गिलास मनतातो पानीमा २ चम्चा अनारको बोक्राको धुलो मिलाएर सुत्नुअघि पिउनुहोस् ।

घाँटी दुख्दा –

यदि घाँटीमा टन्सिल वा कुनै दुखाई भएमा अनारको बोक्राको धुलो पानीमा उमालेर लिनुहोस् । अथवा, बोक्रालाई पानीमा उमालेर घाँटी कुल्ला गर्नुहोस् । दिनमा धेरै पटक गर्नुहोस् ।

मुटु रोगबाट बचाउँछ –

अनारको बोक्रामा धेरै एन्टिओक्सिडेन्ट हुन्छ, जसले मुटुको रोगबाट बचाउँछ । साथै यसले कोलेस्ट्रोलको मात्रालाई पनि कम गर्छ । १ चम्चा अनारको बोक्राको दुई चम्चा पाउडरलाई मनतातो पानीमा मिलाएर दैनिक पिउँनुहोस् ।

अनारको हरियो पत्ताले हामीलाई कसरी फाइदा दिने गर्छ


१. अनुहारमा भएका कोषहरुलाई दुरुस्त बनाउछ
अनारले अनुहारको छालामा रहेका स साना कोषहरुलाई बाचइ राख्न मद्धत गर्छ । जसले तपाई सधै युवा जस्तो देखिन सक्नुहुन्छ । अनारको तेलले त्वचालाई पौष्टिकता प्रदान गरेर अनुहारमा चमक ल्याउछ ।

यदि तपाईले सक्नुभयो भने अनारको हरियो पत्ता चपाएर पनि खान सक्नुहुन्छ । चपाएर खानाले अनारको हरियो पत्ताले हाम्रो शरिरको भित्रबाट कोषहरुलाई स्वस्थ्य र दुरुस्त राख्ने कार्य गर्दछ ।

२. चाउरियोको छालाको समाधान
वर्तमान समयमा दूषित र अनियमित खानपानले गर्दा मानिसलाई विभिन्न किसिमका छाला सम्बन्धि समस्या हुने गरेका छ । । जुन मानिसहरुलाई उमेर भन्दा पहिल्यै एन्टिएजिङको समस्या भोग्नु पर्छ वा चाउरियोको छालाले गर्दा लज्जित हुनुपर्छ । उनीहरुका लागि अनारको हरियो पत्ताको पेस्ट धेरै नै फाइदाजनक सावित भएको छ । हरियो पत्ताको पेस्ट नियमित रुपमा लगाउनाले चारियोको छालाको समस्या हराएर जान्छ ।

३. डन्डिफोरबाट मुक्ती
यदि तपाई आफनो अनुहारमा आएको डन्डिफोरले दुखित हुनुहुन्छ भने अनारको हरियो पत्ताको पेस्ट लगाउनाले यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । यस बाहेक अनारको दानालाई मसिनो गरि पिधेर अनुहारमा लागउन सक्नुहुन्छ र अनारको जुस दैनिक सेवन गर्नाले पनि तपाईको अनुहार सफा र चम्कीलो हुन जान्छ ।

यौन समस्यासँग जुध्नका लागि अनार ठुलो औषधी
यदि तपार्इँको पार्टनरको यौन इच्छा हुन्न भने अनार ल्याउनुस्, त्यसको जुस बनाउनुस् र पाटनरलाई खुवाउनुस् । दिनको १ गिलासका दरले अनारको जुस १५ दिन सम्म खुवाउनु भयो भने पाटनरको यौन व्यवहार तपाईँले खोजे जस्तै पाउनुहुन्छ । हालै बेलायतमा गरिएको एक अनुसन्धानका अनुसार १५ दिनसम्म अनारको जुस खाने व्यक्तिको यौनच्छा भनेसम्मको हुन्छ । एडिनवर्गराज्यको क्वीन मारग्रेट विश्वविद्यालयका अनुसन्धानकर्ताले सेक्सपावर बढाउने बिषयमा गरेको अनुसन्धान गरेका थिए ।

सो क्रममा कमजोर भनिएका केही पुरुष तथा महिलालाई राखी १५ दिन सम्म दिनहु एक गिलास अनारको जुस खुवाएका थिए । १५ दिन खाएको जुसले उनीहरुमा टेस्टोस्टेरोन हार्मेनका स्तर निकै बढ्यो । जव टेस्टोस्टेरोन हार्मोन बढ्यो, कमजोर ठानिएका पुरुष तथा महिलाहरुले एकाएक उत्कृष्ठ ढंगले यौनव्यवहार देखाउन थाले । विश्वविद्यालयका अनुसार यो अनुसन्धानमा २१ देखी ६४ वर्षका पुरुष र महिलामा गरिएको थियो । टेस्टोस्टेरोन हार्मेनले नै किशोर अवस्थामा पुरुषहरुमा दाह्री जुगा उमार्ने, स्वर परिवर्तन हुने, काखीमुनी रौ उमार्ने, तथा महिलाहरुको स्तन बढाउने काम गर्छ । त्यो सँगै यौन इच्छा समेत बढाउदै लैजान्छ । अनुसन्धानकर्ताका अनुसार १५ दिन लगातार जुस खादा टेस्टोस्टेरोनको स्तर १६ प्रतिशत बाट बढेर ३० प्रतिशत सम्म पुगेको पाइएको थियो ।

अनारका अन्य फाइदाहरु बुँदागतरुपमा

१. रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ :
यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसबिरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । यसमा हुने भिटामिन सीले भाइरसका कारण शरिरमा हुने संक्रमणबिरुद्ध जुध्न सहयोग गर्छ ।

२. रक्त अल्पताबाट जोगाउँछ :
अनारको जुसमा प्रशस्त मात्रामा आइरन हुन्छ । मासिकधर्म वा गर्भवती अवस्थामा रक्तअल्पमा यसको जुस निकै लाभदायक मानिन्छ ।

३. शरिरलाई शान्त बनाउँछ :
अनारमा शारिरिक उत्तेजनलाई शान्त पार्ने तत्व हुन्छ । यसको यही गुणका कारण अनारले दम, पायल्स, पखला र अन्य रोगबाट बचाउँछ ।

४. कलेजोको उपचार :
अनारको जुसले कलेजको रक्षा मात्रा गर्दैन बरु मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ ।

५. पेटलाई शान्त पार्छ :
अनारको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ ।

६. छालालाई पनि फाईदा :
च्याउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाँउछ ।

७. कपालको रक्षा :
नियमित रुपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ ।

८. यौन स्वास्थ्य मजबुत पार्छ :
अनारको जुसले यौन स्वास्थ्यलाई सक्रिय बनाउन मद्धत गर्छ ।

९. धमनीको रक्षा :
अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ ।

१०. पखाला निको पार्छ :
ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ ।

११. किड्नी जोगाउँछ :
अनारले किड्नीको फिल्टरलाई रक्षा गर्छ । फिल्टरले शरिरबाट हानिकार विकार फाल्ने काम गर्छ ।

१२. गर्भवती महिलालाई फाइदा :
अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ । अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ ।

१३. कोलेस्टोल घटाउँछ :
अनार एन्टिअक्सिडियन्टयुक्त फल हो । यसले शरिरको खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ ।

१४. क्यान्सर बिरोधी :
अनारमा हुने तत्व क्यान्सर प्रतिरोधी मानिन्छ ।

१५. उच्च रक्तचाप नियन्त्रण गर्छ :
अनारले रक्त नलीमा हुने सम्भावित हानीबाट जोगाउँछ । रगतलाई पातलो बनाई शरिरभर रगतको प्रवाह छरितो बनाउँछ ।

यति उपयोगी अनारको सेवन कतिको गर्नुहुन्छ ? अनि तपाईलाई हामीले दिएको जानकारी कस्तो लाग्यो ? कृपया हाम्रो जानकारी सेयर गरेर हामीलाई सहयोग गर्नुहोला ।

५ बर्ष अगाडि

प्रतिक्रिया