भुटेको मकै खाँदा अनेकौ फाइदा

५ बर्ष अगाडि

मानिसको स्वास्थ्यलाई स्वस्थ राख्न अनेकौ चिजले मदत गरेको हुन्छ । त्यस्तै स्वास्थ्यलाई मदत गर्नेमा मकै पनि पर्दछ ।  गाउँघरमा भुटेको मकै खाजाको रुपमा लिने गर्छन् जुन स्वास्थ्यका लागि पनि एकदमै राम्रो हुन्छ ।

विशेषज्ञहरु घरमै भुटेको मकै भन्दा बाहिरको पपकर्न अस्वस्थकर हुने बताउँछन् । फिल्म हल वा रेष्टुराँमा खाइने पपकर्न भनिने भुटेको मकै गाउँघरको भन्दा फरक हुन्छ ।मकैमा लसुन र मरिचको धुलो हालेर खाँदा मुटु बलियो हुने पनि विशेषज्ञहरुको राय छ ।

भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ । जब शरीरमा पर्याप्त फाइबर हुन्छ, यसले ब्लड सुगर र इन्सुलिनको स्तरलाई नियमित गर्छ । त्यसैले मधुमेहका रोगीहरुलाई भुटेको मकै खाने सल्लाह दिइन्छ ।भुटेको मकै खाँदा दातको व्यायायम गराउँछ । मकै खादा दात सफा गर्ने र बलियो बनाउछ ।यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ ।

मुटु रोगको खतराबाट बचाउँछ ।भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा हड्डीलाई मजबुत बनाउँछ ।भुटेको मकै खानाले बुढेसकाल लागेसँग अनुहारमा आउने चाउरी, अन्धोपन, मांशपेशीहरुको कमजोरी, कपाल झर्ने समस्या आदि सबैबाट मुक्त हुन्छन् ।यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कम्जोरी हुनबाट बचाउँछ ।एजेन्सी 

५ बर्ष अगाडि

प्रतिक्रिया