बार्सिलोना र रियलको भिडन्त आज

५ बर्ष अगाडि

काठमाडौँ – स्पेनिस कोपा डेल रे फुटबलमा चर्चित प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त बुधबार राती हुँदैछ । 
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलिने सेमिफाइनलको पहिलो लेग रोचक बन्ने अपेक्षा गरिएको छ ।

बार्सिलोना र रियलबीचको इएल क्लासिको विश्वकै चर्चित र सबैभन्दा धेरैले हेर्ने फुटबल प्रतियोगिता हो । कोपामा बार्सिलोना र रियलको भेट यसपटक सेमिफाइनलमै भएको छ । यसअघि यी दुई टोली सन् २०१४को फाइनलमा भिडेका थिए । त्यतिवेला रियल विजयी भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया