यस्तो छ २५ वटा विकास बैंकको ६ महिनाको नाफा

५ बर्ष अगाडि


काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा विकास बैंकहरुले के कति मात्रामा नाफा कमाए भन्ने विवरण धमाधम सार्वजनिक भइरहेको छ ।

क वर्गका ठूला बैंकको अवस्था केहीको असाध्यै राम्रो भएपनि केहीको भने समस्यमा परिरहेको बेला विकास बैंकले भने ठूला बैंकलाई धक्का दिने गरी मुनाफा कमाएका छन् ।

उनीहरुले शेयर लगानीकर्तालाई समेत एकाधले बाहेक धेरैले राम्रै नाफा दिएका छन् । हालसम्म कूल २५ वटा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेका छन् । त्यसमा सबैभन्दा बढी नाफा गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ ।

सो विकास बैंकले ४० करोड ४८ लाख बराबरको नाफा गरेका छन् । गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा सो बैंकले ५३.१२ प्रतिशत बढी नाफा गरेको हो ।

पछिल्लो विवरणअनुसार गरिमा विकास बैंकले २७ करोड ९५ लाख, कैलाश विकास बैंकले २७ करोड ४६ लाख , ओम डेभलपमेन्ट बैंकले २४ करोड २ लाख नाफा गरेको छ ।

यस्तै कैलाश विकास बैंकले २७ करोड ४६ लाख, ओम डेभलपमेन्ट बैंकले २४ करोड २ लाख, लुम्बिनी विकास बैंकले २३ करोड ४६ लाख, साइन रेसुङ डेभलपमेन्ट बैंकले १९ करोड ९० लाख बराबरको नाफा गरेका छन् ।

यस्तै सांग्रिला विकास बैंकले १८ करोड ६९ लाख, ज्योति विकास बैंकले १७ करोड ४ लाख, कामना सेवा विकास बैंकले १३ करोड ८२ लाख नाफा गरेका छ ।

पछिल्लो विवरणअनुसार देवः विकास बैंकले १३ करोड २९ लाख, उक्सेल डेभलपमेन्ट बैंकले ८ करोड २५ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकले ६ करोड ४६ लाख, सहयोगी विकास बैंकले ५ करोड ४ लाख, वेक्ष्र्टन डेभलपमेन्ट बैंकले ४ करोड ७० लाख नाफा गरेका छन् ।

प्रकाशित विवरणअनुसार मितेरी डेभलपमेन्ट बैंकले ४ करोड ७० लाख , तिनाउ विकास बैंकले ४ करोड ७ लाख, मिशन डेभलपमेन्ट बैंकले ४ करोड ७  लाख,पूर्णिमा विकास बैंकले ३ करोड ६१ लाख, भार्गव विकास बैंकले ३ करोड ३१ लाख नाफा गर्दा सिन्धु विकास बैंकले २ करोड ६५ लाख नाफा गरेको छ ।

यस्तै कन्काइृ विकास बैंकले २ करोड ६२ लाख, हाम्रो विकास बैंकले २ करोड ४१ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले १ करोड ४६ लाख नाफा गर्दा काबेली विकास बैंकले १ करोड ३ लाख मात्रै नाफा गरेको छ ।

मुक्तिनाथ विकास बैंकको कूल चुक्ता पूँजी ३ अर्ब ६ करोड ४७ लाख रहेको छ । यस्तै गरिमा विकास बैंकको २ अर्ब ७८ करोड ८३ लाख रहेको छ । यस्तै गण्डकी विकास बैंकको २ अर्ब ७५ करोड चुक्ता पूँजी रहँदा सांग्रिला डेभलपमेन्ट बैंकले २ अर्ब ६० करोड ६६ लाख, ज्योति विकास बैंकले २ अर्ब ५९ करोड ३६ लाख रहदा देवः विकास बैंकको २ अर्ब ५३ करोड ३६ लाख रहेको छ ।

सिन्धु विकास बैंक, कन्काई डेभलपमेन्ट बैंक र मितेरी डेभलपमेन्ट बैंकको भने समान ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । सबैभन्दा कम काबेली विकास बैंकको २८ करोड ४२ लाख मात्रै चुक्ता पूँजी रहेको छ ।

कूल १ अर्ब भन्दा बढी चुक्ता पूँजी भएका बैंकको संख्या ११ रहेका छन् । त्यसमा १० वटा विकास बैंकको चुक्ता पूँजी २ अर्ब माथि छन् ।   

५ बर्ष अगाडि

प्रतिक्रिया