राष्ट्र बैंकले ५ अर्बको रिपो बोलकबोल गर्ने

५ बर्ष अगाडि

काठमाडौँ–नेपाल राष्ट्र बैङ्कले बिहीबार रु पाँच अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । 

बैङ्कले आज एक सूचनामार्फत बोकबोल प्रक्रियामा सहभागी हुन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकलाई आग्रह गरेको छ ।

 पछिल्ला दिनमा बैंकले रिपो र टे«जरी बिलजस्ता आर्थिक उपकरणमार्फत तरलता प्रवाह गर्न लागेको छ । बिहीबार बोलकबोलबाट बिक्री हुन लागेको रु पाँच अर्ब बराबरको रिपो एक साताका लागि हुने छ । सो रिपोको अवधि आगामी फागुन २ गतेसम्मका लागि हुनेछ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया