जनता बैंकको नाफामा ऐतिहासिक फड्को, प्रतिशेयर आम्दानी कति

५ बर्ष अगाडि

काठमाडौं – जनता बैंकको नाफा ९६.२९ प्रतिशतले बढेको छ । २०७४ पुस मसान्तमा रु २७ करोड नाफा कमाएको जनताले २०७५ पुस मसान्तमा रु २६ करोडले बढाएर ५३ करोड पुगेको  हो । बैंकले रु १ अर्ब ५८ करोड खुद ब्याज आम्दानी गरेको छ ।

जनता बैंकले पछिल्लो ३ महिनामा रु ६ अर्ब निक्षेप वृद्धि गरेको छ । असोज मसान्तमा रु ६२ अर्ब निक्षेप संकलन गरेको बैंकले पुस मसान्तमा रु ६८ अर्ब पुर्याएको हो । असोज मसान्तमा रु ५८ अर्ब रहेको कर्जा लगानी पनि पुसमा बढाएर रु ६३ अर्ब पुगेको  छ ।

जनताको सिसिडी रेसियो ७८.९८ प्रतिशत रहेको छ । रु ८ अर्ब चुक्ता पुँजी रहेको जनता बैंकको जगेडा कोषमा रु ३ अर्ब रहेको छ । बैंकको कस्ट अफ फण्ड ७.८० प्रतिशत छ भने आधार ब्याज दर ११.०४ प्रतिशत छ । १.५३ प्रतिशत खराब कर्जा रहेको बैंकको स्प्रेड दर ४.५१ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १५.८७ रुपैंयाँ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया