एक भाइरल ‘सेल्फी’, जसमा अमिताभ बच्चन समेत बोले

५ बर्ष अगाडि

काठमाडौं –  सामाजिक सञ्जालमा अहिले एक ‘कारुणिक तस्बिर’ भाइरल बनेको छ। एक अन्जान फोटोग्राफरले खिचेको केही बालबालिकाको यो तस्बिर लाखौँ व्यक्तिले शेयर गरेका छन्। तर तस्बिर खिच्ने फोटोग्राफर को हुन् र यो कहाँको तस्बिर हो भन्ने खुलेको छैन।

यो तस्बिरमा केही बालबालिका सेल्फी लिने जस्तो गरि पोज दिइरहेका छन्। उनीहरुको मुहारमा मन्द मुस्कान छ। तर सेल्फी लिने बच्चाको हातमा मोवाइल नभएर फाटेको चप्पल छ । यी पाँच बालबालिकाको तस्बिर नेपालसहित भारतमा पनि भाइरल बनेको छ।

यो तस्बिरलाई भारतका थुप्रै कलाकारले पनि शेयर गरेका छन्। अभिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र सुनिल शेट्टीसहितका दिग्गज कलाकारले यसलाई शेयर गरेका छन्।

भिनेता अमिताभ बच्चनले यो तस्बिरलाई लिएर केही फरक विचार व्यक्त गरेका छन्। उनले आफ्नो एक ट्विटमा लेखेका छन् ‘आम मानिसहरु अब आम रहेनन्, उनीहरु खास छन्, उनीहरु स्वयं आफ्नो प्रचार गर्न सक्छन्, आफूतिर ध्यान कसरी आकर्षित गर्ने, उनीहरुले थाहा पाइसकेका छन्’।

५ बर्ष अगाडि

प्रतिक्रिया