ठूलो बैंकको ठूलै नाफा, वाणिज्य बैंक यसरी भयो अब्बल

५ बर्ष अगाडि

काठमाडौं – राष्ट्रिय बाणिज्य बैंकले रु २ अर्ब १७ करोड नाफा कमाएको छ ।सरकारी स्वामित्वको बाणिज्य बैंकले २०७५ पुस मसान्तसम्म सबै भन्दा धेरै कमाउने बैंकका रुपमा परिचित भएको छ ।

बाणिज्य बैंकले निक्षेप कर्जा लगानीमा पनि नविललाई उछिनेको छ । बाणिज्यले रु १ अर्ब ८१ करोड निक्षेप संकलन गरेर १ खर्ब ३४ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिसिडी रेसियो पनि ६९.२४ प्रतिशत मात्रै रहेको छ ।

बैंकले रु ४ अर्ब ९५ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ । बैंकले असोज मसान्तपछि मात्रै रु १३ अर्ब निक्षेप वृद्धि गरेको देखिन्छ ।

बैंकको कस्ट अफ फण्ड ३.०१ प्रतिशत छ भने खराब कर्जा ३.४० प्रतिशत छ । आधार ब्याजदर ५.६० प्रतिशत रहँदा प्रति सेयर आम्दानी ५३.५३ रुपैंयाँ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया