इनर्जी बैंकिङले खोल्दैछ सहज बाटो, ऊर्जा क्षेत्रमा आउँदै अर्बा लगानी

५ बर्ष अगाडि

 काठमाडौं – ठूला खालका जलविद्युत् आयोजना निर्माणमा पछिल्लो सयमा विदेशी लगानीकर्ताको चासो बढेको पाइएको छ ।

पछिल्लो पटक भारत सरकारले ऊर्जा निर्देशिकामा संशोधन गरेको र नेपालमा उत्पादित भएका विद्यु्त् भारतीय बजारमा समेत सहज रुपमा आपूर्ति हुन सक्ने अवस्थाको सिर्जना भएपछि लगानीकर्ताको चासो बढेको हो ।

तर परिवत्र्य मुद्रामा लगानी ल्याउन र लैजान पाउने व्यवस्था नहुँदासम्म विदेशी लगानी भित्रन समेत समस्या रहने देखिन्छ । तर नेपाल राष्ट्र बैंकले बुधबार मात्रै आयोजना गरेको एक कार्यक्रममा हेजिङ फण्ड निर्माणका लागि आवश्यक तयारी भइरहेको  जनाएको छ ।

निकट भविस्यमा नै हेजिङ फण्ड समेत स्थापना हुने भएकाले लगानीकर्ताले नेपालमो जलस्रोतमा मन खोलेर लगानी गर्न सक्ने अवस्था आउने देएिको छ ।

यस्तै सरकारले आगामी चैत १५ र १६ गते आयोजना गरेको लगानी सम्मेलनमा समेत ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । केही महत्वपूर्ण आयोजना लगानी जुटाउने लक्ष्यका साथ काम भइरहेको र सम्मेलनमा त्यसले मूर्तता पाउने विश्वास गरिएको छ ।

पछिल्लो पटक अमेरिकाको  ग्रीन इन्भेष्टमेन्ट ग्रुपले नेपालमा ऊर्जा क्षेत्रम ालगानी गर्नका लागि चासो देखाएको छ । सो ग्रुपले ४०० मेगावाट क्षमताको तिला जलविद्युत् आयोजनामा लगानीका लागि चासो व्यक्त गरेको छ ।

यस्तै केही चिनियाँ, कोरियन, कम्पनीले पनि चासो व्यक्त गरेका छन् । चिनियाँ कम्पनीले यसअघि नै जिम्मा लिएको मस्र्याङदीका केही आयोजना  र लाङटाङ क्षेत्रको एक आयोजनामा चासो राखेको छ ।

यस्तै कतार, साउदी अरेबिया, मलेसियालगायतका  देशका लगानीकर्ताले पनि उचित आयोजनाको खोजी गर्दै चासो राख्दै आएका छन् ।

भारतले विद्युत् आदान प्रदानमा सहमति गरेको, वर्षाको समयको विद्युत् इनर्जी बैंकिङ हुने विषयमा समेत नेपाल र भारतबीच कुरा मलिेका कारण पनि पछिल्लो दिनमा लगानीकर्ताको चासो बढेको हो । इनर्जी बैंकिङ र ऊर्जा आदान प्रदानको ढाँचाका बारेमा नेपाल विद्युत् प्राधिकरणले आवश्यक परामर्श गरिरहेको छ ।

यस्तै केही समय पहिले नेपाल र भारतका ऊर्जा सचिव स्तरीय बैठकले केही नीति गत विषयमा सहमति गरेकाले प्रक्रियाका विषयमा पनि छिट्टै टुंगो लाग्ने देखिएको छ । नेपालमा उत्पादन भएको विद्युत् सहज रुपमा भारत लैजान पाउने अवस्थाले पनि लगानीको वातावरणमा सुधार आएको बताइन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया