राष्ट्रिय वाणिज्य बैंकले दिन्छ सबैभन्दा सस्तो ब्याजदरमा ऋण

५ बर्ष अगाडि

काठमाडौं– चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल राष्ट्रिय बाणिज्य बैंकले  २ अर्ब ४० करोड ९९ लाख ६२ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

 यो नाफा गत बर्षको यसै अवधिको तुलनामा ३४.९४ प्रतिशतले बढी हो  । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७८ करोड ५९ लाख १३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 

बैंकले झण्डै पाँच अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । दोस्रो त्रैमासमा बैंकले ४ अर्ब ९५ करोड ३६ लाख ९२ हजार रुपैयाँ ब्याज आम्दानी  गरेको छ । यो गत वर्षको यसै अबधिको तुलनामा २३.४९ प्रतिशतले बृद्धि हो । गत बर्ष बैंकले ब्याज आम्दानीबाट ४ अर्ब १ करोड १३ लाख ५ हजार रुपैयाँ आर्जन गरेको थियो । 

बैंकको सञ्चालन मुनाफा पनि बढेर ३ अर्ब ४३ करोड ७५ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।  दोस्रो त्रैमाससम्म बैंकले १८ खर्ब १५ अर्ब  ९६ करोड निक्षेप संकलन गरेको छ भने १३ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्तापुँजी ९ अर्ब ४७ लाख रुपैयाँ रहेको छ । 

बैंकको बेस रेट घटेर ५.६० प्रतिशतमा झरेको छ । यसअघि बेस रेट ६.३३ प्रतिशत थियो । बेस रेट घट्नु भनेको  बैंकले प्रवाह गर्ने ऋणको ब्याजदर झनै सस्तो भएको छ । अहिले सबैभन्दा कम बेसरेट भएको बैंक नै राष्ट्रिय बाणिज्य बैंक भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया