फूल विदेशी, माया नेपाली: माया साट्न पनि विदेशी गुलाफकै भर

५ बर्ष अगाडि

गुलाफ प्रेमको प्रतिक हो । यही गुलाफ साटेर एक अर्कालाई माया गर्छु भन्ने अनुभूति दिलाउन पनि विदेशी फूलकै सहारा लिन्छन् नेपालीहरु ।

जोडीहरुले साटासाट गर्ने गुलाफ धेरैजसो भारतबाट आयात हुने गरेको छ । नेदरलयाण्डबाट पनि यो फूलको आयात हुन्छ । यद्यपि नेदरल्याण्डको फूल केही महङ्गो पर्नेभएकाले बिक्री कम हुने भन्दै यस पटक नेदरल्याण्डबाट फूल नल्याइने पुष्प व्यवसायी संघले जनाएको छ ।

प्रणय दिवसलाई लक्षित गरेर  भारतबाट १ लाख ६० पिस गुलाफ भित्रने भएको छ । पुष्प व्यवसायी संघका महासचिव विश्वमणी पोखरलेले नेपाली उत्पादनले नधान्ने भएकाले भारतबाट सो परिणामको गुलाफ ल्याइन लागेको बताए  ।

उनका अनुसार यस वर्ष १ करोड रुपैयाँको गुलाफको कारोबार हुनेछ ।  कतिपय व्यवसायीले गुलाफ भित्र्याइसकेका छन् भने कतिपयले भित्र्याउँदैछन् । 

विशेषगरी प्रणय दिवसलाई लक्षित गरेर गुलाफको फूल भित्रने गर्छ ।

महासचिव पोखरले गुलाफका लागि तातो मौसम चाहिने तर प्रणय दिवस जाडो मौसममा हुने भएकाले नेपाली मागलाई धान्न नसकिएको बताउँछन् ।

गुलाफको पात राम्रोसँग फक्रन नसक्ने फक्रे पनि कालो भएर आउने जस्ता समस्याका कारण विदेशबाट फूल आयात गर्नुपरेको उनको तर्क छ ।

प्रणय दिवस हरेक वर्षको फेब्रुअरी १४ मा पर्ने गर्छ । त्यसको हप्तादिन अगाडीबाटै विभिन्न डे मनाइने गरिन्छ ।

आज रोज डे हो । माया गर्ने जोडीहरुले आजकै दिन रोज साटासाट गरेर माया दर्शाउने गर्छन् । रातो गुलाफ प्रेम र मनोभावनाको प्रतिक हो ।  

५ बर्ष अगाडि

प्रतिक्रिया