काठमाडौँ – युनिभर्सल पावर कम्पनीले ९३ लाख २७ हजार ४१० कित्ता शेयर खुल्ला गरेको छ। कम्पनीले आँज शुक्रवारदेखि प्राथमिक शेयर खुला गरेको हो।
जसमा स्थानीयले खरिद नगरेको १७ लाख ६६ हजार १५० कित्ता शेयरसमेत समावेश छ । कम्पनीले स्थानीय आयोजना प्रभावित क्षेत्र दोलखा जिल्ला बासिका लागि २१ लाख कित्ता शेयर निष्काशन गरेको थियो।
कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ८६ लाख ७४ हजार ४९२ कित्ता शेयर सर्बसाधारणका लागि निष्काशन गरेको छ। सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्म आवेदन दिन सक्छन्।
कम्पनीको शेयर माघ २९ गतेसम्म खुला हुने छ।
प्रतिक्रिया