बैंकिङ च्यानलबाट रेमिट्यान्स पठाउनेलाई सरकारले ऋण लिँदादेखि यस्ता विभिन्न सेवामा छुट दिने

५ बर्ष अगाडि

काठमाडौँ – हाल सरकारले औपचारिक च्यानलबाट रेमिट्यान्स भित्र्याउने उदेश्यसहित बैदेशिक रोजगारीमा रहेका कामदार र उनीहरुका परिवारलाई विभिन्न सेवामा छुट दिन प्रस्ताब गरेको छ ।

औपचारिक माध्यमबाट विप्रेषण भित्र्याइ उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने विषयमा सुझाव पेश गर्न गठित कार्यदलले कामदार र उनीहरुका परिवारलाई छुट र पुरस्कार दिएर बढीभन्दा बढी रेमिट्यान्स औपचारिक च्यानलबाट भित्र्याउन सकिने निष्कर्शसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

कार्यदलको अध्ययनले दिएको जानकारी अनुसार अहिले पनि ४० प्रतिशत रेमिट्यान्स औपचारिक च्यानलबाट आउन सकेको छैन । अहिले रेमिट्यान्स पठाउँदा ४।५ प्रतिशत शुल्क लाग्छ । त्यसलाई घटाएर ३ प्रतिशतमा झार्न प्रतिवेदनमा सिफारिस गरिएको छ ।

सरकाले त्यतिमात्रै नभएर, औपचारिक च्यानलबाट रेमिट्यान्स पठाउने कामदार र उसका परिवारलाई बैंकबाट ऋण लिँदा, पासपोर्ट नविकरण गर्दा, श्रम स्वीकृति लिँदा, बीमा गराउँदा, जहाज चढ्दा, एयरपोर्टमा सामान ल्याउँदा समेत छुट दिने गरि सिफारिस गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया