खेलाडी छनोट खुला प्रतिस्पर्धाबाट: एन्फा

५ बर्ष अगाडि

काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विभिन्न उमेर समूहका प्रतियोगिताका लागि खेलाडीको छनोट खुल्ला प्रतिस्पर्धाबाट गर्ने भएको छ । 

एन्फा महासचिव इन्द्रमान तुलाधरले दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० र एशियाली फुटबल महासङ्घ ९एएफसी०द्वारा आयोजना हुने विभिन्न उमेर समूहको प्रतियोगितामा बलियो उपस्थिति जनाउन आगामी फागुनको पहिलो साताबाट खेलाडीको छनोट खुल्ला प्रतिपस्र्धाबाट गरिने जानकारी दिनुभयो । 

उमेर समूहको दक्षिण एशियाली फुटबल प्रतियोगिता र एशियाली फुटबल प्रतियोगिता खेल्न एन्फाले खेलाडीको खुल्ला छनोट गर्नेछ । “खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट हुने टोलीले प्रतियोगितामा नतिजा सोचेभन्दा राम्रो आउने भएकाले यो कार्यक्रम शुरु गर्न लागेका हौँ ।” महासचिव तुलाधरले भन्नुभयो । 

एन्फाका अनुसार उक्त प्रतियोगिताहरुमा सभागिता जनाउने खेलाडी र एन्फा एकेडेमीका लागि आवश्यक खेलाडी छनोट आगामी फागुनको पहिलो सातादेखि शुरु गर्नेछ । 

एन्फामा आबद्व जिल्ला फुटबल सङ्घलाई पत्र लेख्दै एन्फाले उमेर समूहका खेलाडी छनोट गरिने जनाउँदै खेलाडीको प्रशिक्षण शुरु गर्न समेत आग्रह गरेको छ । 

महासचिव तुलाधरका अनुसार एन्फामा उमेर समूहको प्रतियोगिता खेल्न करिब ११ खेलाडी रहेका छन् । अन्तिम छनोटमा एन्फा र जिल्लाबाट आएका खेलाडीलाई समावेश गरिनेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया