मन्त्री रवीन्द्र अधिकारीले राजीनामा दिनुपर्ने

५ बर्ष अगाडि

बुटवल–मानव अधिकार तथा शान्ति समाज संस्थापक सभापति कृष्ण पहाडीले जहाज खरिद प्रकरणमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले राजीनामा गर्नु पर्ने बताएका छन् । 

आज  रिपोर्टस् क्वल ५ नम्वर प्रदेश कार्यालय बुटवलले गरेको पत्रकार सम्मेलनमा  बोल्दै पहाडीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

मन्त्री अधिकारीले संसदलाई ढाँटेको भन्दै उनी पदमा बसिरहन उपयुक्त नहुने उनको भनाई छ  ।

उनले प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीलाई बर्खास्त गर्न नसक्नु ठूलो कमजोरी भएको पनि बताए ।

यस्तै प्रदेश ५ सरकार र प्रदेश सभा सचिवालयले गरेको गाडी खरिदमा अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउन नागरिक समाजले आन्दोलन थाल्नुपर्ने पनि उनले बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया