पीएसजीले बोर्डेक्सलाई १–० गोलले हरायो, काभानीको पहिलो गोल निर्णायक

५ बर्ष अगाडि

काभानीको  गोलले पीएसजी विजयी, गोल निर्णायक

पीएसजीले बोर्डेक्सलाई १–० गोलले हरायो,काभानीको गोल निर्णायक


काठमाडौँ – फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष टोली पेरिस सेन्ट जर्मन (पीएसजी) ले कठिन जित हात पारेको छ । पीएसजीले बोर्डेक्सलाई १–० गोलले हरायो ।

घरेलु मैदानमा पीएसजीको कठिन जितमा एडिन्सन काभानीले गोल गरे । काभानीले ४२औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । यद्यपी काभानी दोस्रो हाफमा तिघ्राको चोट बोल्दै मैदानबाट बाहिरिए ।

पीएसजीले काभानीको स्थानमा आराम दिईएका केलियन एमबाप्पेलाई उतारेको थियो । शनिबारनै अर्का खेलाडी थोमस मुनिएर पनि टाउकोमा चोट लागेर बाहिरिएका थिए । यसअघिको खेलमा चोटकै कारण नेमारलाई गुमाएको पीएसजीलाई आगामी खेल थप कठिन हुने देखिएको छ । पीएसजीले च्याम्पियन्स लिगमा मंगलबार म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ ।

बोर्डेक्ससँगको जितसँगै पीएसजीले २२ खेलबाट ५९ अंक बनाएको छ । पीएसजी दोस्रो स्थानको लिलेभन्दा १३ अंकले अगाडी छ । लिलेले २३ खेलबाट ४६ अंक बनाएको छ । २८ अंक बनाएको बोर्डेक्स १३औं स्थानमा छ ।एजेन्सी

५ बर्ष अगाडि

प्रतिक्रिया