'नेकपा' ओली र प्रचण्डको मात्र गठबन्धन हो : गगन थापा

५ बर्ष अगाडि

गोरखा  – नेपाली कांग्रेसका नेता गगन थापाले 'नेकपा' बनाउन एमाले र माओवादीबीच नभई ओली र प्रचण्डबीच एकता भएको दाबी गरेका छन्  ।

निर्वाचनको अंकगणित, डर र स्वार्थका लागि एकता भएको दाबी गर्दै उनले भने, ‘यो त केपी शर्मा ओली र प्रचण्डको गठबन्धन हो, विवाद पनि उहाँहरुकै हो पार्टीबीच होइन ।’

सदरमुकाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भेनेजुएला प्रकरणबारे प्रचण्डको वक्तव्य चिप्लिएको भनेर ढाकछोप गर्नु सरकारको गैरजिम्मेवारपन भएको बताए ।  उनले भेनेजुएला प्रकरणबारे बोल्दै भने ‘प्रचण्डको वक्तव्यबाट हामीले के बुझ्ने ? के अब नेपालले एउटा नयाँ बाटो लिएको हो ? अब नेपालले सिरियामाथि भएको आक्रमण, अफगानिस्तानमा भएको घटना, कतारमा भएको नाकावन्दीबारे पनि बोल्छ ? महाशक्ति राष्ट्रजस्तो संसारभर भएको सबै घटनाबारे नेपालले वक्तव्य जारी गर्छ ?’ थापाले भने ।

५ बर्ष अगाडि

प्रतिक्रिया