'बिग ब्यास लिग' मा सन्दीपको ११ विकेट

५ बर्ष अगाडि

काठमाडौँ – अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा मेलबर्न स्टारर्सबाट खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अहिलेसम्म ११ विकेट लिएका छन् ।

अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा सिड्नी सिक्सरविरुद्धको आजको खेलमा सन्दीपले ४ ओभरमा ३ विकेट लिएका छन् ।  

मेलबर्नलाई समूह चरणको अन्तिम खेलमा आज जित्नै पर्ने दबाव थियो । जसअनुसार पहिले ब्याटिङ गरेको उसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो ।  सिड्नी सिक्सर्स जवाफी ब्याटिङ गर्ने क्रममा १३.४ ओभरमा सबै विकेट गुमाएर ७४ रनमा समेटियो । 

सिड्नी सिक्सर्समाथि शानदार जित हात पारेको मेलबर्न स्टार्सले बिग बास लिगको सेमिफाइनलमा स्थान पनि बनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया