जापानमा नेपाली कामदार म्यानपावरमार्फत नै पठाइने

५ बर्ष अगाडि

काठमाडौँ – वैदेशिक रोजगारीका लागि नेपाली कामदार म्यानपावर कम्पनीमार्फत नै जापान पठाउनेबारे छलफल भइरहेको  वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । नेपाली कामदार म्यानपावरमार्फत नै पठाइनेबारे केही महिना भित्र नै टुंगो लाग्ने संघले जानकारी दिएको हो। 

संघका अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारीमा नेपाली कामदार म्यानपावर कम्पनीमार्फत नै पठाउने विषयमा केही महिनामा नै अन्तिम टुंगोमा पुग्ने भन्दै विज्ञिप्त जारी गरेका थिए।

त्यस्तै जापान रोजगारीमा कामदार भिसामा नयाँ प्रकृयामार्फत रोजगारी नखुलेकाले हल्लाको पछि लागेर वा कसैको झुठो आश्वासनमा परेर आर्थिक कारोबार नगर्न समेत अध्यक्ष गुरुङले अनुरोध गरेका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने वैदेशिक रोजगारीका लागि शून्य लागतमा नेपाली कामदार जापान पठाउने बारे छलफल भइरहेको जनाएको छ ।

विभिन्न म्यानपावर कम्पनी तथा कन्सलटेन्सीहरुले जापानमा रोजगारी खुलिसकेको भन्दै विज्ञापन समेत अनलाइन तथा पत्रपत्रिकामा दिन थालेपछि श्रमिक ठगिने जोखिम भएको भन्दै वैदेशिक रोजगार विभागले विज्ञप्ति जारी गरी जापानमा कामदार भिसामा तत्काल नखुलेको र हल्लाको पछि लागि नठगिन सबै श्रमिकलाई सचेत समेत गरेको थियो।

 

५ बर्ष अगाडि

प्रतिक्रिया