तपाईको हातमा ‘x’ चिन्ह छ ? छ भने यस्तो हुनेछ तपाईको भविष्य

५ बर्ष अगाडि

हस्थरेखाको अनुसार पुरुषको दायाँ हात र महिलाको बायाँ हातको रेखा हेर्ने गरिन्छ । हरेक व्यक्तिको हत्केलामा विभिन्न प्रकारका हस्तरेखाहरु हुन्छन् ।

आज हामी तपाईलाई हत्केलामा भएको यस्तै एउटा रेखाको बारेमा बताउँन गइरहेका छौ ।

के हो हस्त रेखा ?

हस्तरेखा शास्त्रको प्राचिन ज्ञानको आधारमा हत्केलाको रेखा मानिसको व्यक्तित्व र भविष्यको सम्भावना जस्तै करियर , जीवन , विवाह, धन र स्वास्थ्यसम्वन्धी विभिन्न कुराहरु बताउँछ ।

हातको रेखा हेरेर भविष्यको अनुमान लगाउन सकिने हजार वर्ष पहिलेनै हिन्दू ऋषि बाल्मीकिले ५६७ छन्द युक्त एक गन्थ्रमा उल्लेख गरेका थिए ।

हत्केलामा x हुनु

मिस्रका विद्वानका अनुसार सिकंदर महानको हातमा पनि यस्तो चिन्ह देखिएको पाइन्छ । सिकंदरको हत्केलामा बाहेक यस्तो चिन्ह अन्य व्यक्तिको हत्केलामा समेत देख्न सकिन्छ । जुन संसारमा ३ प्रतिशत मानिसको हत्केलामा मात्र पाउँन सकिन्छ ।

भर्खरै हत्केलामा x रेखाको बारेमा जानकारी र यस्तो रेखा हुनेहरुको भाग्यको बारेमा गरिएको एक रिर्सच गरिएको थियो मास्को यूनिभर्सिएटीमा । उक्त रिर्सचले एक पेपरनै निकालेको छ ।

उक्त विश्वविद्यालयमा भएको शोधमा शोधकर्ताले २ मिलियन मानिसको बारेमा जानकारी एकिकृत गरेका थिए । जसमा जीवित वा मृत दुवै मानिसमा गरिएको उक्त शोधका अनुसार जुन मानिसको हातमा x चिन्ह हुन्छ उनीहरु ठूला नेता हुने , कोहि व्यक्ति लोकप्रिय वा कोहि व्यक्ति ठूला–ठूला कामको लागि प्रसिद्ध भएको भेटिएका थिए ।

के हो यसको अर्थ

जुन व्यक्तिको दुवै हातमा यस्तो रेखा हुन्छ उनीहरु ठूलो काम गरेर प्रसिद्ध हुने तथा मरेपछि पनि यादगर हुने गर्छन् । जुन व्यक्तिको एउटा मात्र हत्केलामा यस्तो चिन्ह हुन्छ उनीहरु प्रतिष्ठित हुने र सफलताले उनीहरुको कदम कदममा चुम्ने बताइन्छ । -एजेन्सी

५ बर्ष अगाडि

प्रतिक्रिया