अब लामो दूरीका यात्रुवाहक सवारी साधनमा अनिवार्य दुई जना चालक

५ बर्ष अगाडि

काठमाडौं–सवारी दुर्घटनामा वृद्धि भएपछि लामो दुरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवरी साधनमा अनिवार्य दुई जना चालक राख्नु पर्ने भएको छ । 

प्रहरी प्रधान कार्यालयले एक कार्यक्रमका बीच  राजधानीको नागढुङ्गामा लामो  दुरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवरी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिन तयार गरिएको ट्राफिक कम्युनिकेशन एप्लिकेसनको उद्घाटन गरेको छ । 

 एप्लिकेसनको उद्घाटन गर्न पुगेका प्रहरी नायव महानिरिक्षक पुर्ण चन्द्र जोशीले दुर्घटनामा वृद्धि आएपछि कडाईका साथ लामो दुरीका सार्वजनिक सवारीसाधन चलाउने चालक परिवर्तन भए नभएको मनिटरिङ्ग गर्न ट्राफिक कम्युनिकेशन एप्लिकेसनको विकास गरिएको वताए । 

कार्यक्रममा वोल्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त कुमार पन्थले लामो दुरीका यात्रुवाहक सार्वजनिक सवारी साधनका चालकहरूले चेकिङ स्थलमा फोटो सहित सवारी साधनको नम्बर सहितको विवरण दिएपछि जुनसुकै स्थानवाट पनि चेकिङ गर्न सकिने वताए ।  यात्रुहरूलाई चालकहरूले सुरक्षित स्थान सम्म आरामदायिक तवरले पुर्याउन  ट्राफिक कम्युनिकेशन एप्लिकेसनक फलदायी हुने पनि उनले वताए ।

राजधानीवाट छुटने लामो  दुरीमा चल्ने यात्रुवाहक सवारीसाधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिन तयार गरिएको ट्राफिक कम्युनिकेशन एप्लिकेसन राजधानीको नागढुङ्गा,वाँकेको कोहलपुर सिराहाको मिर्चैया र गोरूसिङ्गेमा चेक जाँच गर्ने व्यवस्था गरिएको छ । चालक परिवर्तन नभए १ हजार सम्म जनिवाना हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया