७० बर्षिय हजुर बुवाद्धारा १३ बर्षिया नातिनी बलात्कार

५ बर्ष अगाडि

खुकुरी देखाउँदै आफ्नै १३ बर्षिया नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा  ७० बर्षिय हजुर बुवालाई गुल्मी जिल्ला प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको मालिका गाउँपालिका घमिरका ती ७० बर्षिय बृद्धलाई  लुकेर बसेको अबस्थामा भारतको आशम बाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार बाग्लुङ्गबाट बहिनीको गाउँ गुल्मीको जोहाङ्ग  स्थित एक विवाहमा आएका बाग्लुङ्गका २४ बर्षिय युवाले पनि १२ बर्षिया बालिकालाई बिवाह गर्ने प्रलोभन देखाउँदै बलात्कार गरेका छन ।

 उनलाई त्यहाँबाट भागेर गुल्मी कै लुम्छा भन्ने स्थानमा  लुकेर बसेको अवस्थामा आईतवार प्रहरीले पक्राउ गरेको छ । नजिकको नाता परेकोले उनिहरुको पनि खोप्य राखिएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया