नरेन्द्र मोदीमाथि श्रीमतीको नाम लिएर कसले गर्याे कडा प्रहार ?

५ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आन्ध्र प्रदेशको गुन्टुर राज्यका मुख्यमन्त्री चन्द्रबाबु नायडूलाई ‘लोकेशका पिता’ भनेर सम्बोधन गरेका थिए । यसको जवाफमा चन्द्रबाबु नायडूले मोदीलाई श्रीमतीको नाम लिएर तीखो हमला गरेका छन् ।

नायडूले मोदीलाई हमला गर्दै भने, ‘तपाईं आफ्नी श्रीमतीसँग अलग बस्नुहुन्छ । के परिवारको मूल्यप्रति तपाईंको कुनै सम्मान छ ?’ यति भन्दै गर्दा नायडूले आफ्नो परिवारलाई निकै माया गर्ने गरेको जानकारी पनि दिए ।

नायडूले भने, ‘प्रधानमन्त्रीको न त परिवार छ न नै कुनै छोरा । जब तपाईंले मलाई मेरो छोराको नाम लिएर हमला गर्नुभयो तब मैले तपाईंकी श्रीमतीबारे कुरा गरिरहेको छु । के मानिसहरुलाई थाहा छ, नरेन्द्र मोदीकी श्रीमती पनि छिन् । उनको नाम हो जसोदाबेन ।’

नायडूले यो कुरा विजयवाडाको एक जनसभामा सम्बोधित गर्दै भनेका हुन् ।

नायडूले मोदीमाथि देशलाई खाल्डोमा धकेलेको आरोप लगाएका थिए । आन्ध्र प्रदेशका मुख्यमन्त्रीले नोटबन्दीलाई एक पागलपूर्ण निर्णय बताएका थिए । यद्यपी, सुरुमा नायडूले यसको समर्थन गरेका थिए । त्यतिबेला उनी बीजेपीको नेतृत्व भएको गठबन्धन एनडीएको हिस्सा थिए ।

विजयवाडामा नायडूले भने, ‘तपाईंले एक हजारको नोट नष्ट गरिदिनुभयो र दुई हजारको नोट ल्याउनुभयो । के यसले भ्रष्टाचार निर्मुल होला ?’। एजेन्सी

५ बर्ष अगाडि

प्रतिक्रिया