२० अर्ब चुक्ता पूँजी भएको पूर्वाधार विकास बैंक खुल्दै, यस्तो छ तयारी

५ बर्ष अगाडि

काठमाडौं – पूर्वाधार बैंकलाई सञ्चालन स्वीकृति दिएकै दिन राष्ट्र बैंकले कार्यविधि पनि सार्बजनिक गरेको छ। यस्ता संस्थाहरुले पनि जोखिम भारित सम्पतिको ११ प्रतिशत न्यूनतम पूँजी कोष अनुपात कायम गर्नु पर्ने व्यवस्था गरिएको छ । कूल चुक्ता पूँजी रु २० अर्ब रहेको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरुले जस्तै पूर्वाधार बैंकले पनि क्यापिटल एडुकेसी फ्रेमवर्क २०१८ अनुसार नै जोखिम निर्धारण गर्नु पर्ने ब्यवस्था गरिएको छ ।

कम्पनीले तोकिएको पूँजी कोष कायम नगरेमा शिघ्र सुधारात्मक कारवाही गरिने छ। कम्पनीले शाखा खोल्नु पर्दा राष्ट्र बैंकलाई सोध्नु पर्ने छ। प्रत्येक प्रदेशमा एकरएक शाखा कार्यालय खोल्न सक्ने छन् ।

विदेशमा सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न पनि सुविधा दिइएको छ । मुद्दति निक्षेपमा पैसा उठाउन पाउने छ। ब्याज दर तोक्ने जिम्मा ग्राहक र बैंक दुबैलाई दिइएको छ । ग्राहकले जहिले पनि झिक्न पाउने गरी मुद्दति खाता खोल्न पाइने छैन ।

ऋणको ब्याज दर त्रैमासिक रुपमा निर्धारण गर्नु पर्छ। औषत ब्याज दर अन्तर ४ प्रतिशतभन्दा बढि हुन हुँदैन। कम्पनीले ५ बर्ष वा त्यसभन्दा माथिको निक्षेप मात्र उठाउन पाउँछ। १ करोड रुपैयाँ माथि मात्र निक्षेप उठाउन पाइन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया