शिवम् सिमेन्ट लिमिटेडले ४४ लाखको कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्दे, कहिले खुल्दैछ शेयर आवेदन ?

५ बर्ष अगाडि

काठमाडौँ –शिवम् सिमेन्ट लिमिटेडले सर्वसाधरणका लागि ४४ लाख कित्ता शेयरको बिक्री खुल्ला गर्ने भएको छ  । 

लिमिटेडले यही फागुन ६ देखि ९ गतेसम्मका लागि शेयर बिक्री खुल्ला गर्ने भएको हो । 

लिमिटेडले एक सय रुपैयाँ अंकित दरमा दुई सय रुपैयाँ प्रिमियम थप गरि ३ सय रुपैयाँका दरले ४४ लाख कित्ता शेयरको बिक्री खुल्ला गर्नै भएको छ । 

शेयरवापत संगठित संस्थाका कर्मचारीलाई २ लाख २० हजार कित्ता, सामूहिक लगानी कोषलाई २ लाख २० हजार कित्ता शेयर छुट्याएकोमा माग बमोजिमको ६० हजार कित्ता शेयर बाँडफाँड गरेर बाँकी रहेको ४१ लाख कित्ता साधारण शेयरको सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

यसको शेयर आवेदन यही फागनु ६ देखि ११ गतेभित्र दिइसक्नुपर्ने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया